arrow

कादिर अहमदको खेलाडी करियर समाप्त, पाँच वर्षे प्रतिबन्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ९ बिहिबार
Qadeer-Ahmed-cricket-uae.jpg

काठमाडौं । ३५ वर्षे युनाइटेड अरब इमिरेट्स (युएई) का क्रिकेट बलर कादिर अहमद खानको क्रिकेट करियर समाप्त भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बुधबार अहमदलाई ५ वर्षको प्रतिबन्ध लगाएसँगै उनको करियर पनि सकिएको हो । 

आईसीसीले ‘एन्टी करप्सन कोड’ उल्लंघन गरेको भन्दै अहमदलाई ५ वर्षको प्रतिबन्ध लगाएको हो । गत वर्ष नै निलम्बनमा परेका उनीमाथि आईसीसीले एन्टी करप्सन कोडको विभिन्न ६ नियम उल्लंघन गरेको आरोप लगाएको थियो ।

अहमदले गल्ती स्वीकारेपछि उनलाई क्रिकेटका कुनैपनि गतिविधिमा संलग्न हुन नपाउने गरी पाँच वर्षकालागि प्रतिबन्ध गरिएको आईसीसीले उल्लेख गरेको छ । 

खेल मिलेमतोमा मुछिएपछि आईसीसीले युएईकै क्रिकेटर मोहमद नाभिद र शाइमन अनवरलाई आठ वर्षको प्रतिबन्ध लगाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ