arrow

घरमै बसेका कोरोना सङ्क्रमितको हेरविचार गर्दै ‘डाँफे कोभिड केयर’

सङ्क्रमितलाई फेसबुक, ह्वाट्सएप, भाइवर, ईमो, गुगल मिट, जुम, मेसेन्जरबाट सेवा

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ वैशाख १० शुक्रबार
Danfe-covid-care.jpg

काठमाडौं । कोभिड१९ बाट सङ्क्रमित भएका आधा भन्दा बढी मानिस घर, होटेल वा अन्य कुनै सार्वजनिक ठाउँमा आइसोलेसनमा बसिरहेका छन् ।

यद्यपि, उनीहरूको स्वास्थ्य अवस्थाको हेरविचार गर्ने स्वास्थ्यकर्मीहरूको व्यवस्था भने खासै राम्रो छैन । समयमै स्वास्थ्य अवस्थाबारे जानकार हुन नसक्दा नेपालमा आइसोलेसनमै दजर्नौं सङ्क्रमितले ज्यान गुमाइसकेका छन् ।

अस्पतालमा कोभिड बेड लिएर बस्न दिनकै हजारौँ रुपैयाँ तिर्न सक्ने अवस्था समेत धेरैसँग हुँदैन । स्वस्थ भनेकै व्यक्तिको स्वास्थ्य अवस्था समेत कोभिड९१९ को सङ्क्रमणपछि बिहान बेलुका जतिसुकै बेला बिग्रिन सक्छ । यसै समस्यालाई मध्यनजर गर्दै कोरोना महामारी कै बीच सुरु भयो डिजिटल ‘डाँफे कोभिड केयर’ ।

डाँफे कोभिड केयरले नेपालभरि घर, होटेल वा जहाँसुकै आइसोलेसनमा बसेका सङ्क्रमितलाई फेसबुक, ह्वाट्सएप, भाइवर, ईमो, गुगल मिट, जुम, मेसेन्जरबाट सेवा दिने गरेको छ ।

कसरी लिने सेवा ?

डाँफे कोभिड केयरको सेवा लिनका लागि सङ्क्रमितले सबैभन्दा पहिले डाँफे कोभिड केयरको लाइन ९८–०२–३१–४७–३९ मा फोन गर्नुपर्छ । फोनमा कुराकानी भइसकेपछि सङ्क्रमितले डाँफे कोभिड केयरको सेवा लिन तयार भएपछि थप प्रक्रिया अघि बढ्छ ।

त्यसपछि पहिलो चरणमा सङ्क्रमितको स्वास्थ्य अवस्थाबारे अनुभवी नर्सको टिमले ले सम्पूर्ण जानकारी लिन्छ । त्यसै दिनदेखि बिहान, बेलुका र दिउँसो सङ्क्रमितको लक्षण एवं स्वास्थ्य अवस्थाबारे टिपोट हुन्छ ।

यसरी आइसोलेसनमा बसेको अवधिभर प्रत्येक दिन सङ्क्रमितको स्वास्थ्य अवस्थाबारे टिपोट  हुन्छ । कुनै सङ्क्रमितलाई जटिल समस्या हुने आशङ्का भयो भने नर्सपछि चिकित्सकको टिमले सङ्क्रमितको अवस्था बुझ्छ ।

अस्पताल भर्ना गर्नुपर्ने अवस्था हुने भयो भने चिकित्सकभन्दा माथि विशेषज्ञ चिकित्सकको टिमले निर्णय गर्छ र सङ्क्रमितलाई सरकारले तोकेको अस्पतालमा जान आग्रह गर्छ ।

यस अवस्थामा कुन अस्पतालमा बेड खाली छ ? भनेर डाँफे कोभिड केयरकै संयोजकले पत्ता लगाउँछन् । 

अस्पतालबाट एम्बुलेन्स पठाउनका लागि समेत डाँफे कोभिड केयरकै टिमले व्यवस्था मिलाउँछ । यसरी समयमै सङ्क्रमितले उपचार पाउने संभावना उच्च रहन्छ ।

अस्पताल जाने अवस्थाको निर्क्योल कसरी हुन्छ ?

विशेषज्ञ चिकित्सकको टोलीले तयार पारेका गतिविधिहरू, जस्तै श्वास फेर्दा पुरै वाक्य बोल्न सक्ने नसक्ने, जिब्रो लर्बरीने, छाती दुखे नदुखेको जस्ता अभ्यासबाट बिरामीको अवस्था थाहा हुन्छ ।

यसबाहेक सामान्य मेडिकल उपकरणहरु उपलब्ध भएका सङ्क्रमितको हकमा अक्सिजनको मात्रा अक्जिमिटरबाट नापेर थाहा हुन्छ । त्यस्तै मुटुको गति पनि अक्जिमिटरबाटै थाहा हुन्छ ।

यसरी सङ्क्रमितको स्वास्थ्य अवस्था बुझिसकेपछि आवश्यक देखेमा समयमै कन्सलटेन्टको टिमले अस्पताल जान सल्लाह दिन्छ । 

अस्पताल जाँदा समेत सङ्क्रमितको सम्पूर्ण लक्षण र स्वास्थ्य अवस्थाको टिपोट जानकारी सो अस्पताललाई डाँफे कोभिड केयरले उपलब्ध गराउने गरेको छ । यस्तो हुँदा अस्पतालमा चिकित्सकलाई समेत सहज हुन्छ ।

कुनै बिरामीले अवस्था सामान्य नै छ भनेको भए पनि उसका लक्षण र स्थितिको आङ्कलन गर्दा अस्पताल जान पर्ने देखिए डाँफे कोभिड केयरले अस्पताल जानै पर्छ भन्छ । र अझै नमानेमा स्थानीय तहका अधिकारीहरूलाई फोन समेत गर्ने गरेको छ ।

मानसिक परामर्श

कोरोना सङ्क्रमण भइसकेपछि थुप्रै मानिसहरूलाई मानसिक रूपमा तनाव हुने समस्या पनि बढ्दै गएको छ । यस्तोमा कोभिड केयरले दक्ष मनोविज्ञहरुको टिमबाट परामर्श समेत दिने गरेको छ ।

सङ्क्रमण रोक्ने तालिम

डाँफे कोभिड केयरको सेवा लिएको पहिलो दिनमै अरूलाई सङ्क्रमण सार्नबाट कसरी बच्ने भन्नेबारे तालिम समेत दिइन्छ । यसबाहेक व्यायाम, खाना, औषधिलगायतका सबै कुराहरूको सल्लाह समेत दिइन्छ ।

आपतकालिन अवस्थाका लागि हवाई, सवारी र एम्बुलेन्स

डाँफे कोभिड केयरको मुख्य कम्पनी डाँफे केयर मार्फत आपतकालिन अवस्थामा सेवा दिनु परे, हेलिकप्टर, गाडी एवं एम्बुलेन्सको व्यवस्था गर्ने तयारी समेत गरिरहेको छ ।

सहजै अस्पतालमा सेवा 

लामो समयदेखि चिकित्सा क्षेत्रमा सेवा गर्दै आएका अनुभवी चिकित्सकहरूको टिमले यो सेवा दिइरहेको हो ।अस्पतालहरूसँग डाँफे कोभिड केयर टिमको सोझै सम्पर्क हुने हुँदा धेरै जसो अस्पतालमा सेवा लिन सहजकर्ताको भूमिका डाँफे केयरले गर्ने गरेको छ ।

यसबाहेक कोभिडका लागि प्रभावकारी एवं आपतकालिन अवस्थामा प्रयोग हुने औषधि नेपाल आयातकर्ताहरूसँग समेत यो टिमको संयोजन रहेका कारण आवश्यक परेमा औषधि समेत उपलब्ध गराउँन सहजकर्ताको भुमिका निभाउने गरेको छ ।

छोटो अवधिमै हजारभन्दा बढीले लिए सेवा

डाँफे केयरका सीईओ डा. प्रभात अधिकारी हुन् । डाँफे केयर अन्तर्गतकै डाँफे कोभिड केयरका कार्यक्रम सञ्चालक हुन् कविन मलेकु ।

यो कार्यक्रम सञ्चालनमा आएको केही महिनामै हजारभन्दा बढीले सेवा लिइसकेको कार्यक्रम सञ्चालक कविन बताउँछन् । डाँफे कोभिड केयरले सेवा शुल्क बापत दैनिक ३ सय रुपैयाँ तोकेका छ । 

अस्पतालहरूमा दैनिक हजारौँ रुपैयाँ खर्च गरेर आइसोलेसन बस्न सक्ने स्थिति सबैको नहुँदा आफूहरूले कोभिड केयर सञ्चालनमा ल्याएको कविन बताउँछन् ।

खासगरी बैंक एवं कर्पोरेट हाउस, मिडिया, प्राविधिक क्षेत्रका कर्मचारीहरूलाई सेवा दिन सुरु गरेको डाँफे कोभिड केयरको सेवा अहिले पूर्व झापादेखि पश्चिम दार्चुलासम्मका नागरिकहरूले सेवा लिन थालेका छन् ।

अहिलेसम्म ५० जना अस्पताल भर्ना 

करिब ७ सय सङ्क्रमितको डिजिटल हेरविचार गर्ने क्रममा ५० जना सङ्क्रमितलाई अस्पताल पठाएको सञ्चालक कविन बताउँछन् । यसैगरि धेरैलाई कोरोना सङ्क्रमणबाट पार पाउन सहयोग गरेकोमा खुशी एवं आउँदा दिनमा अझ धेरैलाई सेवा दिन तयार रहेको कविन बताउँछन्।

एप अथवा वेबसाइट किन बनाइएन ?

डाँफे केयरको आधिकारिक वेबसाइट भए पनि डाँफे कोभिड केयरको मोबाइल एप अथवा वेबसाइट भने अहिलेसम्म कम्पनीले बनाएको छैन ।

किन नबनाउनु भएको भन्ने प्रश्नमा ‘मानिसलाई टेक्नोलोजीमा निर्भर गराउने भन्दा पनि टेक्नोलोजी चाहिं मानिसका लागि सेवा मुलुक हुनुपर्ने आफूहरूको बुझाइ रहेको सञ्चालक कविन बताउँछन् ।

यसकारण, फेसबुक म्यासेन्जर, ह्वाट्सएप, भाइवर, ईमोलगायतका सञ्जालबाट पनि सुविधा लिन सकिन्छ । तर, रोचक कुरा डाँफे केयरको अभिभावक कम्पनी अस्पताल क्षेत्रको ठुलो सफ्टवेयर डेभलपर कम्पनी हो ।

डाँफे कोभिड केयरको सेवा लिन ९८–०२–३१–४७–३९ मा फोन गर्न सकिनेछ । त्यस्तै डाँफे केयरको आधिकारिक फेसबुक पेजमा पनि म्यासेज गरेर सेवा लिन सकिन्छ । त्यस्तै डाँफे केयरको वेबसाइटबाट समेत सम्पर्क गर्न सकिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ