arrow

नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्री ओलीको बधाई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १२ आइतबार
cricket-kp.jpg

काठमाडौं । नेदरल्याण्डलाई पराजित गर्दै त्रिदेशीय क्रिकेट जित्न सफल नेपाली टिमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन्।

आइतबार विहान सामाजिक संजालमार्फत प्रधानमन्त्री ओलीले नेपाली टिमलाई बधाई दिएका हुन्। नेपाल, मलेसिया र नेदरल्यान्ड्स बिच काठमाडौंमा सम्पन्न अन्तर्राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा शनिबार नेपालले फराकिलो रन अन्तरले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो।

ओलीले लेखेका छन् ‘नेपालले नेदरल्यान्ड्सलाई १४२ रनको विशाल अन्तरले पराजित गरी ११ वर्षको इतिहास तोड्दै शानदार बिजय हासिल गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधई ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ