arrow

महावीर स्वामी र गोठाला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १२ आइतबार
mahavir-swami.jpg

काठमाडौं ।   वर्द्धमान महावीरको दुई हजार ६२०औँ  जन्मजयन्ती आइतबार परेको छ । वर्द्धमान महावीर जैन धर्मका प्रवर्तक २४ औँ तीर्थंकर हुन् । जैन धर्ममा तीर्थंकर ती २४ व्यक्तिहरुलाई भनिएको छ जसले स्वयं तपस्याको माध्यमबाट आत्मज्ञान प्राप्त गरे। जसले क्रोध, अभिमान, छल, इच्छा, आदिमाथि विजय प्राप्त गरेका थिए ।

एक पटक महावीर जंगलमा तपस्या गरिरहेका थिए । उनि एकाग्र चित्तले प्रभुको ध्यानमा थिए । सो जंगलमा गोठाला पनि गाई, भेडा, बाख्रा चराउन आउथे । गोठालाहरु अशिक्षित र अज्ञानी थिए, त्यसैले उनिहरुलाई तपस्याको महत्व थाहा थिएन ।

जब उनि भगवान महावीरलाई तपस्यामग्न देख्थे, उनको खिल्ली उडाउथे र ध्यान भंग गर्ने कोशिश गर्थे , तर महावीर कहिले पनि यी कुराबाट विचलित भएनन् उनि आफ्नो तपस्यामा अटल भावले लागि रहे।
 
विस्तारै सो कुरा निजकको गाँउसम्म पुग्यो । केहि ग्रामीण बासिन्दाहरु भगवान महावीर भएको ठाँउमा आए । जब महावीरले आँखा खोले तब ती ग्रामीण मानिसहरुले भने,'भगवान, नबुझेर गोठालाहरुले तपाईलाई सताइ रहेका थिए । हामी उनिहरुको तर्फबाट क्षमा चाहन्छौ । हामीले यो सोचेका छौ कि हामी सबै मिलेर तपाईको लागि एक कुटिको निर्माण गरु । त्यहाँ तपाईको सुरक्षाको पनि प्रबन्ध होस , जसले तपाईको साधनामा कुनै समस्या नहोस ।'
 
भगवान महावीरले उनिहरुको कुरा शान्तिसँग सुनेर भने,'यी गोठाला पनि मेरा आफ्नै हुन् । यदि बच्चाहरु मायाले माता-पिताको मुख आफ्नो स-साना हातले तान्न थाले भने माता-पिता उनिहरुलाई काखमा लिन अस्विकार गर्छन् ? गर्दैनन् नी।  तपाईको धन मेरो लागि कुटि बनाउने अपेक्षा भन्दा आश्रम नभएकाहरुका लागि अधिक उपयोगी हुनेछ ।'
 
महावीरको हृदयको विशालतालाई देखेर ग्रामीण बासिन्दाहरु सहित अज्ञानी गोठालाहरु पनि उनको चरणमा नतमस्तक भए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ