arrow

मकवानपुरमा टाटा सुमो भित्र प्रहरीले फेला पार्‍यो ३४ किलो गाँजा

logo
रवीन्द्र गौतम,
प्रकाशित २०७८ वैशाख १६ बिहिबार
jaga.JPG

हेटौँडा । टाटा सुमोमा लुकाई-छिपाई लागु औषध गाँजा ल्याइरहेको अवस्थामा मकवानपुरबाट एक जना पक्राउ परेका छन् । बुधवार दिउसो मकवानपुरको पालुङबाट भैँसे तर्फ आउदैं गरेको ना. १ ज ४७३३ नम्बरको सुमो गाडीमा प्रहरीले गाँजा फेला पारेको जनाएको छ ।

लागु औषध गाँजा लुकाई छिपाई ल्याउँदै गरेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी भैँसे मकवानपुरबाट प्रहरी सहायक निरीक्षक प्रभु राउत कुर्मीको कमान्डमा खटिएको प्रहरी चेकिङ टोलीले मकवानपुरको भिमफेदी गाउँपालिका २ स्थित सडक खण्डमा गाडीहरूलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त सुमोलाई रोक्न खोज्दा नरोकी भागेकाले पिछा गरी समाएर चेकजाँच गर्दा सुमो भित्र ६ वटा पोकामा लागु औषध गाँजा ३४ किलो फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले सुमो चालक पर्सा विन्दवासिनी गाउँपालिका ३ बस्ने २९ बर्षिय रवीन्द्र उपाध्यायलाई सुमोसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ