arrow

टी ट्वान्टी वरियतामा इङ्गल्यान्ड पहिलो, नेपाल १३औँ स्थानमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २० सोमबार
nepal-t20-cricket-2021.jpg

काठमाडौँ । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–ट्वान्टी क्रिकेटको वरियता सार्वजनीक गरेको छ ।  आइसिसीले सोमवार सार्वजनिक गरेको वरियताको पहिलो स्थानमा इङग्ल्यान्ड छ भने दोस्रोमा भारत तथा तेस्रो स्थानमा न्युजिल्यान्ड छ । त्यसैगरी चौथो स्थानमा पाकिस्तान छ भने पाँचौँ स्थानमा अष्ट्रेलिया छ ।

वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । नेपाल एक स्थान सुधार गर्दै १३औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १४औँ स्थानमा रहेको थियो । घरेलु मैदानमा यही वैशाखमा सम्पन्न त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको उपाधिसमेत नेपालले जितेको थियो । नेपालको टी–ट्वान्टीमा उत्कृष्ट वरियता ११औँ स्थान हो । 

 एक दिवसीयको नयाँ वरियतामा न्युजिल्यान्ड शीर्ष स्थानमा छ भने अष्ट्रेलिया दोस्रो तथा भारत तेस्रो स्थानमा छ । यस्तै नेपालले एक दिवसीय वरियतामा समेत सुधार गरेको छ । एकदिवसीय वरियतामा नेपाल १६औँ स्थानमा छ । यसअघि नेपाल १७औँ स्थानमा रहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ