arrow

स्याङ्जालाई ३१ गते सम्म निषेधाज्ञा

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७८ वैशाख २० सोमबार
syangjas.jpg

स्याङ्जा । जिल्लामा २ सय १२ कोरोना संक्रमण पुगेपछि ३१ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एक आदेश जारी गर्दै वैशाख २१ गते बिहान ६ बजेदेखि लागु हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरेको हो । 

नेपाल सरकारले तराईका जिल्लामा ५ सय र पहाडी र हिमाली जिल्लामा २ सय संक्रमितको सङ्ख्या पुगेपछि जिल्लालाई लकडाउन वा निषेधाज्ञा गर्ने निर्देशन बमोजिम जिल्ला प्रशासन कार्यालय स्याङ्जाले वैशाख २१ गते देखि ३१ गते सम्मका लागि निषेधाज्ञा जारी गरेको जनाएको छ ।

 प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जारी गरेको आदेशमा भनिएको छ, अत्यावश्यक सेवा बाहेक सबै बन्द हुनेछन् । निषेधाज्ञामा औषधी उपचार तथा आवश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन र अनावश्यक हिँडडुल गर्न रोक लगाइएको छ । सिद्धार्थ राजमार्गमा भने आवागमन बन्द नगरिएको तर जिल्लाभर यात्रु झार्ने र ओराल्न भने नपाइने आदेशमा उल्लेख गरिएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा पहिलो र दोस्रो लहरको कोरोनाबाट अहिलेसम्म १ हजार ३३ जना कोरोनाबाट संक्रमित छन् । ती मध्ये ८ सय २१ जना निको भएको र २ सय ४० जना सक्रिय संक्रमित रहेको पनि स्वास्थ्य कार्यालयले जनाएको छ ।

 स्याङ्जामा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ । यस भन्दा अगाडी तिन पालिका वालिङ, गल्याङ् र चापाकोटले वैशाख २५ गते सम्म स्वास्थ्य सङ्कट घोषणा गरी अत्यावश्यक बाहेक सबै बन्द गर्न आब्ह्रान गरेका थिए ।

 जिल्लामा नेपाल सरकारले तोके बमोजिमको कोरोना संक्रमितको सङ्ख्या २ सय नाघेकाले जिल्लाभर निषेधाज्ञा जारी प्रजिअ नेपालले बताए । ११ पालिका मध्ये सबैभन्दा बढी कोरोना भेरियन्टले वालिङलाई समस्यामा पारेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ