- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम । कोरोना महामारी नियन्त्रण गर्न स्थानीय प्रशासनले महोत्तरीमा बुधवार बिहानैदेखि निषेधाज्ञा जारी गरेको छ ।
महोत्तरीमा बुधवार बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले ९ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
महोत्तरी जिल्ला भरि बिहानैदेखि निषेधाज्ञा जारी गरिएकोले अति आवश्यक बाहेक घरबाट ननिस्किन महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए ।