arrow

फेसबुक र ट्विटरमा प्रतिबन्धित पछि ट्रम्पले ल्याए आफ्नै वेबसाइट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २२ बुधबार
trump-1620204242.png

काठमाडौं। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सूचना र आफ्ना टिप्पणीहरू राख्नका लागि नयाँ वेबसाइट सार्वजनिक गरेका छन् ।

डोनाल्ड जे ट्रम्प डटकम वेबसाइटबाट अब ट्रम्पले आफ्ना टिप्पणीहरू सेयर गर्ने भएका हुन् । गत मार्चमा ट्रम्पका वरिष्ठ सल्लाहकार जेसन मिलरले ट्रम्पको नयाँ सामाजिक सञ्जाल आउने बताएका थिए । 

तर,यो सामाजिक सञ्जाल भने हैन, ट्रम्पले यो वेबसाइटमा गरेका पोस्टहरू लाइक गर्न र फेसबुक तथा ट्विटरमा सेयर पनि गर्न सकिनेछ । सामाजिक सञ्जाल आउने विषयमा चाँडै नै यकिन हुने ट्रम्पका सल्लाहकार मिलरले बताएका छन् ।

पूर्व राष्ट्रपति ट्रम्पलाई फेसबुक, ट्विटर र युट्युबले प्रतिबन्ध लगाएको थियो । ८८ करोडभन्दा बढी फ्लोअर रहेको ट्रम्पको ट्विटर अकाउन्ट सधैँका लागि बन्द भइसकेको छ ।

फेसबुकले भने ट्रम्पलाई प्रतिबन्ध लगाउने नलगाउने विषयमा अन्तिम निर्णय गर्न बाँकी छ । जुन भोलि सम्ममा टुङ्गो लागि सक्ने भएको छ । फेसबुकमा ट्रम्प प्रतिबन्ध भएनन् भने उनको पेज सात दिनमा एक्टिभ हुनेछ ।

त्यस्तै युट्युबले केही समयपछि ट्रम्पको अकाउन्ट एक्टिभ गरिदिने जनाएको छ ।



नयाँ