arrow

लण्डनमा पूर्व गोर्खा सैनिक विष्णु बहादुर गुरुङ मेयरमा निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २२ बुधबार
bishnu gurung.jpg

काठमाडौं । भूतपूर्व गोर्खा सैनिक विष्णु बहादुर गुरुङ लण्डन बरो अफ हन्स्लो काउन्सिलको मेयर पदमा निर्वाचित भएका छन् ।

लन्डनमा बसेर पत्रकारिता गरिरहेका एभरेष्ट गौतमबाट प्राप्त जानकारी अनुसार हन्स्लो काउन्सिलमा उनी ५६औं मेयरका रुपमा निर्वाचित भएका हुन् । काउन्सिलहरुमा मेयर निर्वाचित हुने गुरुङ तेस्रो नेपाली हुन् । यसअघि उनी काउन्सिलर र डेपुटी मेयर भइसकेका छन् ।

लेबर पार्टीको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धामा उत्रिएका उनले मेयर निर्वाचित भएपछि आफ्नो योगदान र अनुभवले मेयरको जिम्मेवारी पाएको प्रतिक्रिया दिए ।

ब्रिगेड अफ गोर्खाजमा लामो समय सेवा गरेका उनी गोर्खा नेप्लीज कम्युनिटी हन्स्लोका संस्थापक अध्यक्ष हुन् । आर्मड फोर्सेस च्यारिटी (एसएसएफए) को ‘केस वर्कर’ रहेका गुरुङ विभिन्न सामाजिक संस्थामा पनि आबद्ध छन् । उनले हङकङ, ब्रुनाई, सिंगापुर र बेलायतमा समेत सेवा गरिसकेका छन् ।

बेलायतको केन्द्रिय राजनीतिमा नेपाली समूदायको उपस्थिति हुन नसकेपनि स्थानीय राजनीतिमा संलग्नता र प्रतिस्पर्धा पछिल्ला वर्षहरुमा बढ्दै गएको छ ।

नेपालको गोरखाबारपाक सुलिकोट गाउँपालिका–४, मा जन्मिएका उनी गोर्खा ब्रिटिस सशस्त्र सेनाको ब्रिगेडबाट सन् १९९५ मा सेवानिबृत्त भएका थिए । यसअघि बेलायतको स्वान्लीमा शंकर गैरे र कोलबर्न टाउनमा जगन्नाथ शर्मा मेयर निर्वाचित भएका थिए । ग्रेटर लण्डन तथा लण्डन बाहिर मे ६ तारिकमा स्थानीय चुनाव हुँदैछ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ