arrow

वालिङ र चापाकोटमा अक्सिजन सहितको आइसोलेसन कक्ष निर्माण

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७८ वैशाख २२ बुधबार
waling (1).jpg

स्याङ्जा । अक्सिजन नपाएर सङ्क्रमितको मृत्यु भएका खबरहरू आइरहेका बेला स्याङ्जाका दुई पालिकाले भने अक्सिजन र नेबुलाइजर सहितका आइसोलेसन कक्ष सञ्चालनमा ल्याएका छन् । दुवै नगरपालिकाका नगरवासीमा नयाँ भेरियन्टको कोभिड सङ्क्रमण देखिने क्रम बढेपछि अक्सिजन र नेबुलाइजरसहितका आइसोलेसन वाड सञ्चालनमा ल्याइएको हो । 

वालिङ नगरपालिकाले ६ बेडको र चापाकोट नगरपालिकाले ८ बेडको अक्सिजन सहितको आइसोलेसन वाड तयारी अवस्थामा राखेको जनाएका छन् । जिल्ला ११ पालिका मध्ये सबै भन्दा बढी वालिङ र चापाकोटमा कोरोना सङ्क्रमित देखिएका पालिका हुन् । 

अक्सिजनको अभावमा सङ्क्रमित तथा आश्रित परिवारले दुःख र हैरानी भोग्न नपरोस् भन्दै आफ्नै नगरभित्र सहज रूपले उपचार गराउने उद्देश्यले अक्सिजनसहितको आइसोलेसन कक्ष तयार पारेको  दुवै नगरपालिकाले जनाएका छन् । 

वालिङ नगरपालिकाले स्थित गह्रौँ प्राथमिक अस्पताल र चापाकोट नगरपालिकाले आयुर्वेद औषधालयलाई सुविधा सम्पन्न आइसोलेसन निर्माण गरेका छन् । वालिङ नगरपालिकाले निर्मित आइसोलेसन कक्षमा केही दिनभित्रमै २५ शय्या पुर्‍याउने गरी काम भइरहेको नगर प्रमुख दिलीप प्रताप खाँणले जानकारी दिए । 

नागरिकको स्वास्थ्यभन्दा ठुलो केही नभएको भन्दै नगरपालिका यसप्रति हामी सजग र सचेत रहेको बताए । कोरोना सङ्क्रमण देखिएर थप उपचारका लागि आवश्यक उपचारसहित अक्सिजनको अभाव नहोस् भन्ने हाम्रो उद्देश्य भएको खाँणले बताए । 

सबै भन्दा पहिला र धेरै सङ्क्रमित देखिएका पालिकाले अक्सिजन सहितको आइसोलेसन तयारी अवस्थामा राखेपछि दुवै नगरवासीहरू अब उपचारको अभावमा मरिन्न भन्ने विश्वास जागेको बताएका छन् । पहिलो चरण ८ बेडबाट अक्सिजन सहितको आइसोलेसन तयार गरेको चापाकोट नगर प्रमुख शिवकुमार गिरीले बताए ।

 सबै वाडमा नसकिए पनि केही पायक पर्ने वाडमा पुन आइसोलेसन थप्ने तयारीका साथ अगाडी बढेको गिरीले जानकारी दिए । दुवै नगरका स्वास्थ्य प्रमुखहरूले नगरवासीलाई नआत्तिन आग्रह गर्दै अक्सिजनको अभावमा कोही नगरवासी मर्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । 

स्याङ्जामा अहिले सम्म ३ सय २८ जनामा कोरोना पोजेटिभ देखिएको छ भने ५ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । यसको सङ्ख्या तीव्र गतिले बढेकोले सबै सजग रहन आग्रह गरिएको छ । सङ्क्रमितमध्ये २ सय ९८ होम आइसोलेसनमा छन् भने २२ जना विभिन्न स्वास्थ्य संस्थामा र ११ जना क्वारेनटाइनमा उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ ।  सक्रिय रुपमा रहेका कोरोना सङ्क्रमितको भने अहिले सम्म अवस्था सामान्य रहेको बताइएको छ । 

आइसोलेसनमा २४ सै घण्टा डाक्टर र स्वास्थ्यकर्मीले उपचार तथा परामर्श दिने गरी व्यवस्था गरिएको अस्पताल प्रमुख डा.सरोज थापाको भनाई छ । जनशक्तिको अभावमा पनि स्वास्थ्यकर्मीहरुले सङ्क्रमितको उपचारमा कुनै बाधा नपर्ने गरी सेवा प्रवाह गरेको डाक्टर थापाले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ