arrow

ए हरि ! तिमी पनि त्यस्तै ?

logo
सोमराज पोखरेल,
प्रकाशित २०७३ असार १६ बिहिबार
haribol-gajurel.jpg.jpeg

‘भनिन्छ बहुलाउन कपडा च्यात्नु पर्दैन ।’ ठ्याक्कै त्यस्तै गरी हसाउँदै छ यो सरकार । प्रसङ्ग हो बाँझो जग्गा खाली राख्न नपाइने सम्बन्धमा । सरकारको नीति तथा कार्यक्रममा स्पष्ट भनियो – जसले खेतीयोग्य जमीन बाँझो राख्छ उसलाई कारबाही गरिने छ । त्यसबापत जरिवाना तिराइने छ ।

सरकारकाे कार्यक्रम एकदम राम्राे हाे । किनभने आर्थिक दृष्टिले पनि याे महत्वपूर्ण छ । खेतमा फल्ने धान र धान नै नेपालकाे सबैभन्दा बढी कृषि उत्पादन हुने वस्तु हाे । तसर्थ याे जरुरी छ ।

तर त्यही सरकार र मातहतका मन्त्री कृषिमन्त्री हरिबोल गजुरेलले लोकलाई नै हँसाउने काम गरे । त्यो पनि रोपाई दिवसका दिन । असार १५ गते किसानले रोपाइ गरिरहँदा यी हरिले एउटा गमलामा धान रोपेर लोकलाई हँसाएका हुन् ।  

तारे होटल अनि त्यो पनि सुख्खा गमला । यसले के संकेत दिन्छ ? गत वर्ष सोही दिनका कृषि मन्त्री थिए हरि पराजुली । उनले लाजै पचाउने गरी रोपाइँमा गएका बेला सक्नुसम्म रक्सी धोकेकै भरमा एक महिलामाथि दुब्र्यवहार गर्न खोजे । त्यसको रमाइलो मानीमानी उनका आसेपासेले फोटो खिचे । त्यो फोटो सामाजिक संजालमा भाइरल भयो ।

त्यसकै कारण उनी पदबाट हटाइए ।

यसपटकको प्रसङ्ग फरक छ । हरिबोल गजुरेलले असार १५ कै दिन गमलामा धान रोपे पनि उनलाई केपी ओली सरकारले कारबाही गर्ने छैन । किनकि सरकारको नीति छ ‘बाँझो खेत राखे कारबाही गर्ने ।’ मन्त्री गजुरेलले त बाँझो गमलामा फूलको सट्टा धान रोपेर धान दिवसलाई अझ मलजल गर्ने काम गरेका छन् ।

सरकारले कारबाही गर्ने निर्धालाई हो । सुराकीलाई हो । विपक्षीलाई हो । काममा अवरोध गर्नेलाई हो । मन्त्री गजुरेल त हरेक कुरामा संवेदनशील । एउटा चलचित्र हेर्दा क्वाँ क्वाँ रोए । जनयुद्धमा मान्छे मारेर यहाँसम्म आइपुगेका मन्त्रीले चलचित्रमा गाई मर्दा रोए । यो भन्दा ठूलो नाटक के हुन्छ । र पनि बेलाबेलामा माओवादीलाई सशस्त्र द्धन्द्धको आवश्यकता फेरि पनि छ भन्न पछि पर्दैन ।

हरिवंश आचार्य अभिनित एउटा चलचित्र थियो ‘एकफेर हाँसिदेऊ’ । त्यो चलचित्र यति संवेदशनशील छ कि मान्छेको जीवनमा हाँस्ने फुर्सद हुँदैन । चलिचित्रको कथाले रुवाउन खुवै प्रेरित गर्छ । हरिको व्यक्तिगत जीवन त्यस्तै छ । तर उसले समाजका सबैलाई परेको विपद्मा एक्लो उपस्थिति जनाउँछ ।

चलचित्रमा कुनै काम पर्यो भने जसले पनि बोलाउने साझा सम्बाेधन बन्छ ‘ए हरि !’ तर यहाँ त केही वर्षको अन्तरलाई तुलना गर्ने हो भने मन्त्री बनेका दुवै हरिले आफ्नो नक्शा जस्ताको तस्तै सार्वजनिक गरेका छन् । यस्ताबाट के अपेक्षा गर्नु ? अहिले सामाजिक सञ्जालमा एउटै कुरा खुवै आलोचनाको विषय बन्दै आएको छ । त्यो हो ‘ए हरि ! तिमी पनि त्यस्तै ?

सरकारकाे याे चरित्रले कृषिप्रधान देशमा कृषि नै गरेर आर्थिक उपार्जन गरौंला भन्ने कल्पना त नगरे नै भयो । आखिर सरकारले यस किसिमको योजना किन ल्याउन सक्दैन ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ