arrow

लास उठाउनु भन्दा लाठी उठाउँछु भन्ने मेयर फागो ताते अस्पताल निर्माणमा 

logo
विवेक मिश्र, 
प्रकाशित २०७८ जेठ २ आइतबार
urlabari-nagarpalika-covid-.jpg

मोरङ ।  गत साल पहिलो चरणको कोरोना संक्रमणका बेला मान्छे मरेर लास उठाउनु भन्दा लाठी उठाउँछु भन्दै भाटे कारबाहीमा ओर्लेका उर्लाबारीका मेयर खड्गबहादुर फागो यतिबेला अक्सिजन सहितको कोभिड अस्पताल निर्माणमा जुटेका छन् ।

जेठ १ गते शनिबारदेखि सेवा प्रदान थालिसकिएको छ । उक्त अस्पताल उर्लाबारी–८ स्थित राजघाटमा रहेको स्वास्थ्य चौकीमा बनाउन थालिएको हो । 

दोस्रो चरणको कोरोना संक्रमणका कारण मानिसहरु अक्सिजन अभावमा अकालमै मृत्युवरण गरिरहेका बेला मेयर फागो ११ बेडको कोभिड उपचार केन्द्र बनाउन अहोरात्र खटिँदै आएका छन् । नगरवासीको सुरक्षा स्थानीय सरकारको पहिलो प्राथमिकता भन्ने हेतुका साथ मेयर फागो उपचार केन्द्र निर्माणमा लागेका हुन ।

उर्लाबारी(३ मंगबारेमा रहेको प्रदेश स्तरिय मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कोभिड अस्पताल संचालनका लागि अस्पतालको इमरजेन्सी वार्डको भवनमा कोभिड अस्पताल शुरु गर्ने तयारी गरेपनि सञ्चालक समिति र अस्पतालका कर्मचारीले असहयोग गरेपछि कोभिड उपचार केन्द्र अन्योलमा परेको थियो ।

त्यसको विकल्पमा नगरपालिका मातहतमा रहेको राजघाट स्वास्थ्य चौकीमा उपचार केन्द्र स्थापना गर्न लागि परे जसको कारण अव बढ्दो कोरोना संक्रमण बाट अक्सिजनकै अभावले नागरिकले मृत्यु रोज्न पर्ने बाध्यात्मक अवस्था भने अव उर्लाबारीमा टर्ने सम्भावना बढेको छ ।

उर्लाबारीमा हालसम्म दोस्रो लहरका कारण ८ जनाको मृत्यु भइसकेको छ भने ८५ जना भन्दा बढी सक्रिय संक्रमितको संख्या पुगिसकेको छ । 

उर्लाबारी नगरपालिकाले अक्सिजन सहितको उपचार केन्द्र संचालनमा ल्यापछि उर्लाबारी सग सिमाना जोडिएका पुर्वीउत्तर मोरङका अन्य स्थानिय तहका जनताले पनि सेवा पाउने भएका छन् । भने अक्सिजनै आवश्यक परेर विराटनगर, धरान सम्म पुग्ने ५०र६० किलोमिटरको लामो दूरी पनि छोट्टिने भएको छ । 

यस्तै नगरपालिकाले संक्रमणको यो बेला बृद्धबृद्धा, अपाङगता भएका, दिर्घरोगीहरुले नियमित प्रयोग गर्नु पर्ने औषधि आधारभूत स्वास्थ्य केन्द्रबाट प्रदान हुने सेवा स्वास्थ्यकर्मीको माध्यमबाट जनताको घरदैलोमै पुर्याउने भएको छ ।

कोरोनाको संकटको बेला स्थानीय सरकारले खेलेको भूमिकामा उर्लाबारी उधोग बाणिज्य संघ, अरनिको अस्पताल, इलाका प्रहरी कार्यालय उर्लाबारीले हातेमालो गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ