arrow

राष्ट्रिय सभा सदस्य निर्वाचन : लुम्बिनीमा दुईजनाको उम्मेदवारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ४ मंगलबार
election-commission-nepal.jpg

देउखुरी । राष्ट्रिय सभाका उपनिर्वाचनमा  लुम्बिनी प्रदेशमा दुईजनाको उम्मेदवारी परेको छ । यही जेठ १७ गते हुने  निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट अर्घाखाँची मालारानी-५ का चन्द्रबहादुर खड्काले उम्मेदवारी दर्ता गरेका छन् । उनी नेकपा (माओवादी) बाट एमालेमा प्रवेश गरेका थिए ।  

नेपाली कांग्रेस, माओवादी , जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डेले उम्मेदवारी दर्ता गरेका छन् ।  उनी लुम्बिनी प्रदेशसभा सदस्यमा एमालेका तर्फबाट निर्वाचित भएका थिए । प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नु अघि उनी काङ्ग्रेस पार्टीमा आवद्ध थिए । 

दाङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलवार उनीहरुले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकारी निमराज भट्टराईले बताए । प्रदेशमा रहेका १०९ स्थानीय तहमा एमालेका ९१, कांग्रेसका ६४,  माओवादी ३९, जसपाका १३, राष्ट्रिय जनमोर्चा ५, राप्रपा २ र स्वतन्त्र ४   छन् । 

यसैगरी प्रदेश सभामा  एमालेका ४१  सदस्य छन् । बिमला वली माओवादी केन्द्रमा प्रवेश गरेकी छन् भने अम्बरबहादुर डाँगीले राजीनामा दिएका छन् । 

यस्तै  कांग्रेसका १९, माओवादीका १८, राष्ट्रिय जनमोर्चा १, जसपाका ६  छन्, भने दुई जनाले गठबन्धनलाई समर्थन गरेका छन् । प्रदेशसभा सदस्य ७९ र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २१७ गरी २९६ मतदाता रहेको निर्वाचन अधिकारी भट्टराईले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ