arrow

नवलपरासी पश्चिममा बस दुर्घटना, चारको मृत्यु, ३५ बढी घाइते  

logo
रबिन्द्र यादव,
प्रकाशित २०७८ जेठ ५ बुधबार
accident-bus-bardaghat.jpg

नवलपरासी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने नवलपरासी जिल्लाको बर्दघाट दाउन्ने सडकखण्डको सिस्नेखोला नजिकै बस दुर्घटना भएको छ । बुधबार बिहान ६ बजे भएको बस दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । 

काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दुर्घटनामा परेको हो । ज्यान गुमाउनेमध्ये रुकुम पश्चिम घर हुने २७ वर्षीया कल्पना पुनको सनाखत भएको छ भने बाँकी ३ जनाको सनाखत नभैसकेको ट्राफिक प्रहरी कार्यालय नवलपरासी पश्चिमका ट्राफिक प्रहरी निरीक्षक बासु नेपालले बताए ।

उनका अनुसार बसमा अन्दाजी ४५ यात्रु रहेको र तीमध्ये ३५ जना भन्दा धेरै घाइतेहरुलाई घटनास्थलबाट उद्दार गरी केहीलाई बुटवल र केहीलाई स्थानीय चिसापानी अस्पतालमा पठाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ