arrow

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन : शुक्रवार राति १२ बजेदेखि मौन अवधि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १४ शुक्रबार
election-commission-nepal.jpg

काठमाडौँ । लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको शुक्रवार राति १२ बजेदेखि निर्वाचन मौन अवधि शुरु हुँदैछ । यही जेठ १७ गते सोमबार हुने उपनिर्वाचनको  मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने मात्र होइन, मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाउनुपर्नेछ ।

एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न र उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन र प्रसारण गर्न नहुनेतर्फ हेक्का राख्न निर्वाचन आयोगले सबैसँग अनुरोध गरेको छ ।

उपनिर्वाचनमा मतदाता परिचयपत्रका साथै नागरिकताको प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र देखाएर पनि मतदान गर्न सकिनेछ ।

निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले प्रदेशसभा सदस्य, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्रका आधारमा पनि मतदान गर्न सकिने छ ।

निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्वाचन आयोगले निर्देशन दिएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ