arrow

डडेलधुराका अस्पतालहरूलाई स्वास्थ्य सामाग्री प्रदान

logo
राम धामी,
प्रकाशित २०७८ जेठ १६ आइतबार
Health-corona-dadheldhura.jpg

डडेल्धुरा। मर्सिकोर नेपालको सहयोगमा कार्यान्वयन भईरहेको आर्थिक विकास मार्फत विपद् जोखिम न्युनीकरण  (एमरेड) परियोजना दोस्रो चरण मार्फत यँहाका अस्पतालहरूलाई स्वास्थ्य तथा सरसफाई सामाग्री वितरण गरिएको छ ।

आइतबार सुदूरपश्चिम प्रदेश सभाका सांसद कर्णबहादुर मल्लको उपस्थितिमा एमरेड परियोजनाको साझेदार गैर सरकारी संस्था एकीकृत विकास समाज डडेल्धुराले डडेलधुरा अस्पताललाई सामाग्री हस्तान्तरण गरेको हो । डडेलधुरा अस्पताललाई प्रशोधित शुद्ध खानेपानी एक हजार सात सय बोतल, एक सय थान सुपानेट झुल, छ हजार थान सर्किजल मास्क, तीन सय थान ५०० मिलिलिटर सेनीटाईजर हस्तान्तरण गरिएको एकीकृत विकास समाज डडेल्धुराकी अध्यक्ष कमला बिष्टले जानकारी दिइन् । 

डडेलधुरा अस्पतालको माग अनुसार पीपीई सेट र अक्सिजन सिलिण्डर प्रदान गरिने एमरेड परियोजनाले जनाएको छ । सो परियोजनामार्फत डडेल्धुराको जोगबुडा अस्पताललाई ४० थान पिपिई सेट, तीन सय थान ५०० मिलिलिटर सेनीटाईजर, एक सय ५० थान सुपानेट झुल, पाँच हजार थान सर्किजल मास्क र प्रशोधित शुद्ध खानेपानी एक हजार सात सय बोतल हस्तान्तरण गरिएको परियोजना संयोजक गणेशबहादुर मगरले बताए ।

यसैगरि आलिताल गाउँपालिकालाई ३५ थान पिपिई सेट, तीन सय थान ५०० मिलिलिटर सेनीटाईजर, एक सय ५० थान सुपानेट झुल, पाँच हजार थान सर्किजल मास्क र प्रशोधित शुद्ध खानेपानी एक हजार सात सय बोतल हस्तान्तरण गरिएको परियोजनाले जनाएको छ । आलिताल गाँउपालिकाका अध्यक्ष बलबहादुर गुरुङले गाउँपालिकाको माग अनुसारका स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा परियोजनालाई धन्यवाद दिए । उनले कोरोना महामारी सङ्क्रमण न्यूनीकरणका लागि परीक्षणको दायरा बढाउने आवश्यक भएकाले एन्टीजेन किट उपलब्ध गराउन परियोजनासँग माग गरेका छन् ।  

परियोजनामार्फत बैतडी जिल्ला अस्पताललाई ३५ थान पिपिई सेट, तीन सय थान ५०० मिलिलिटर सेनीटाईजर, एक सय ५० थान सुपानेट झुल, छ हजार थान सर्किजल मास्क र प्रशोधित शुद्ध खानेपानी एक हजार नौ सय बोतल आईतबार नै हस्तान्तरण गरिएको छ । यसैगरि गकुलेश्वर अस्पताल दार्चुलालाई दुई सय ५० थान ५०० मिलिलिटर सेनीटाईजर, एक सय थान सुपानेट झुल, पाँच हजार पाँच सय थान सर्किजल मास्क र प्रशोधित शुद्ध खानेपानी एक हजार दुई सय बोतल हस्तान्तरण गरिने एमरेड परियोजनाका जिल्ला संयोजक गणेश भट्टले जानकारी दिए ।

स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै प्रदेश सभाका सांसद मल्लले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका अस्पतालहरूलाई स्वास्थ्य सामाग्री वितरण गरेकोमा परियोजनालाई धन्यवाद दिदैं अक्सिजन सिलण्डर, एन्टीजोन किट लगायतका सामाग्रीहरू निकै आवश्यक भएकाले यहाँका अस्पतालहरूलाई उपलब्ध गराउनका लागि परियोजनासँग आग्रह गरे । अक्सिजन आपूर्ति अझै सहज बन्न नसकेको अवस्थामा अक्सिजन सिलिण्डर उपलब्ध गराएर महामारी सङ्क्रमितहरूको ज्यान जोगाउन परियोजनाले आवश्यक सहयोग गर्ने सांसद मल्लले विश्वास व्यक्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ