arrow

 केएर नेपालद्वारा स्वास्थ्य मन्त्रालयलाई एक करोड बढी मूल्यको स्वास्थ्य सामाग्री हस्तान्तरण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १६ आइतबार
care nepal.jpg

काठमाडौं । कोरोना भाइरसविरुद्धको लडाइँमा केएर नेपाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयाई एक करोडभन्दा बढी मूल्य बरारबको सहयोग गरेको छ ।

कोभिड-१९ को दोस्रो लहरले जनसमुदाय र स्वास्थ्य क्षेत्रलाई पारेको प्रभावसँगै स्वास्थ्य मन्त्रालयसँगै केएर नेपाल पनि शुरु देखिनै महामारी नियन्त्रणमा क्रियाशिल छ ।

यसै क्रममा केएर नेपालले स्वास्थ्य सेवा प्रवाह र कोभिड-१९को उपचार र नियन्त्रणलाई टेवा पुग्ने गरी, समाज कल्याण परिषद्को सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु.१,३५,१५,२७१.७५  बराबरको स्वास्थ्य तथा सरसफाई सामाग्री हस्तान्तरण गरेको हो । केएर नेपाल विगत ४२ वर्षदेखि विभिन्न रुपमा नेपाल सरकारको विकास योजनामा साझेदारी गर्दै आएको छ।

कोभिड १९ को सङ्क्रमणको पहिलो लहरलगत्तै पनि केएर नेपालले मन्त्रालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नका साथै, द्रुत लैङ्गिक सर्वेक्षण, आफ्ना कार्यक्षेत्रमा होल्डिङ्ग सेन्टर, क्वारेन्टिन सेन्टरलाई सहयोग, खानेपानी तथा सरसफाई, खाद्य सामाग्री सहयोग, महिला स्वास्थ्य स्वयंसेविकालाई सहयोग, जोखिम सूचना तथा सामाजिक सहभागिता आदिजस्ता जोखिम न्यूनिकरण, पूर्वतयारी र प्रतिकार्यका काममा सहयोग गर्दै आएको छ ।

हाल दोस्रो लहरले पारेको प्रभावलाई न्यूनिकरण गर्न पनि केएर नेपालले राष्ट्रिय, प्रादेशिक र स्थानीय सरकारसँग सहकार्य र समन्वय गर्दै स्वास्थ्य सामाग्री सहयोग, जोखिम न्यूनिकरणका लागि सूचना प्रवाह लगायतका विभिन्न कार्य गर्दै आएको छ। 

सो अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ रोशन पोखरेलले केएर नेपाललाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा यस्ता संस्थाको निरन्तर साथ रहने विश्वास व्यक्त गरे । उनले भने, ‘कोभिड-१९ हामीमाझ केही समय त रहने नै छ। आगामी दिनमा आवश्यक्ताहरु भिन्न हुन सक्छन् र ती भिन्न आवश्यक्तालाई पूरा गर्न र केही समय पश्चात पुनर्लाभका काममा पनि यो सहकार्यको आशा गर्दछु।’

समाज कल्याण परिषद्का सदस्य सचिव पुष्कर खातीले छोटो समयमा पनि केएर नेपाललगायत अरु अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाहरुले सरकारलाई विभिन्न स्वास्थ्य सामाग्री सहयोग गर्न सफल भएर निकै प्रशंसनिय काम गरेका छन्। 

सरकारसँगको सहकार्यलाई समिक्षा गर्दै, केएर नेपालकी कार्यवाहक राष्ट्रिय निर्देशक मोना शेर्पाले महामारीको समयमा राष्ट्रमा र विशेष गरी स्वास्थ्य क्षेत्रमा परेको असरलाई न्यूनिकरण गर्दै सुधार गर्न, रोग नियन्त्रण र रोकथाम गर्न सबै क्रियाशिल बन्नुपर्ने बताइन ।

उनले महिला, किशोरी र सिमान्तकृत समुदायलाई परेको आर्थिक भारका लागि दिर्घकालीन पुनर्लाभका लागि सरकार, नागरिक समाज, विकास साझेदारले मिलेर काम गर्न जरुरी रहेको औंल्याइन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ