arrow

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि मतदान जारी, मुख्यमन्त्री पोखरेलबाट शुरुआत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १७ सोमबार
dirgha-pandey-chandra-khadka.jpg

दाङ । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि मतदान शुरु भएको छ । निर्धारित समय बिहान ९ बजेदेखि मतदान शुरु भएको हो । मुख्यमन्त्री शङ्कर पोखरेलले सबैभन्दा पहिला मतदान गरेका छन् । त्यसपछि सभामुख पूर्णबहादुर घर्तीलगायत उपसभामुख, अन्य मन्त्रीहरुले मतदान गरेका छन् ।  

अन्य प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुखले मतदान गर्ने कार्य जारी छ । निर्वाचन आयोगले मतदान स्थलमा भर्चुअल माध्यमबाट पनि हेर्न सकिने व्यवस्था मिलाएको छ । आयोगले मतपरिणाम पनि भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने भएको छ । 

कोरोनाको समयमा भिडभाड कम गर्नका लागि भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत मीनराज भट्टराईले जानकारी दिए । 

निर्वाचनका लागि दाङको घोराहीमा तीन वटा मतदान स्थल तोकिएको छ । प्रदेशसभा सदस्यका लागि (क), गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि (ख) र कोभिड सङ्क्रमितका लागि (ग) मतदान केन्द्र तोकिएको हो । निर्वाचनमा नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनका तर्फबाट दीर्गनारायण पाण्डे उम्मेदवार रहेका छन् । 

पाण्डे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा पार्टीका साझा उम्मेदवार हुुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ