- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । लुम्बिनी प्रदेशतर्फको राष्ट्रिय सभाको उपनिर्वाचनमा विजयी बनेका नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेले आफ्नो जित प्रतिगमनकारीको हार भएको बताएका छन् ।
सोमबार सम्पन्न निर्वाचनमा निर्वाचित भएपछि संचारकर्मीहरुलाई प्रतिक्रिया दिंदै पाण्डेले आफ्नो जितले प्रतिगमनको पराजयलाई देखाएको बताए ।
‘देशले प्रतिगमनलाई रुचाएको छैन भन्ने सन्देश यो उपनिर्वाचनले दिएको छ, यो मेरो जित मात्र होइन, प्रतिगमन हार्यो भन्ने सन्देश हो,’ निर्वाचित भएपछि पाण्डेले भने ।
उनले सोमबार सम्पन्न भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले पराजित गरेका हुन् ।
उनी केही समयअघि मात्रै कांग्रेस प्रवेश गरेका थिए । उनलाई कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादीको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले सघाएका थिए ।