- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । तनहुँको व्यास नगरपालिका वडा नं ५ पाटनमा ट्याक्टर पल्टिँदा चालकको ज्यान गएको छ । चापाघाटबाट ऋषिङ–१ झापुटार जाँदै गरेको ग १ त २६३२ नम्बरको ट्याक्टर सडकबाट करिब ४० मिटर तल खसेको थियो ।
सो दुर्घटनामा ऋषिङ निवासी २८ वर्षका भीमबहादुर थापाको ज्यान गएको हो । प्रहरीका अनुसार उनको घटनास्थलमा नै ज्यान गएको हो ।
दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।