arrow

मनाङमा पहिलो कोरोना सङ्क्रमितको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २० बिहिबार
NL-Manang-BaraGaunmaHiuBhariyob.jpg

पोखरा । गण्डकी प्रदेशको हिमाल पारीको जिल्ला मनाङमा पहिलो कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मनाङमा हालसम्म कुनै पनि सङ्क्रमितको मृत्यु भएको थिएन ।

मनाङको निस्याङ गाउँपालिका वडा नं. ५ का ५६ वर्षकी महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । 

उनको हिजो बुधवार पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए । उनका अनुसार ती महिलामा जेठ ७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । 

मनाङमा हाल २० जना सक्रिय सङ्क्रमित रहेका छन् । हालसम्म १०२ जना सङ्क्रमित भेटिएको यस जिल्लामा ८१ जना निको भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ