arrow

मोटसाइकल चोरी आरोपमा सात जना पक्राउ  

logo
 विवेक मिश्र
प्रकाशित २०७८ जेठ २२ शनिबार
thief-bike.jpg

मोरङ । इलाका प्रहरी कार्यालय बेलबारीले मोटरसाइकल चोरी आरोपमा सात जनालाई शुक्रबार राति पक्राउ गरेको छ।

पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका २० का ३८ वर्षीय कोप बलराम गुरूङ, सोही ठाउँका ३९ वर्षीय भवेस भन्ने सुवास लिम्बू, ३० वर्षीय मचिन राई, २१ वर्षीय गोलमोल राई, १९ वर्षीय रोमन परियार र २१ वर्षीय राते भन्ने मनोज परियारलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

जेठ २ गते राती मोरङ सुन्दरहरैचा नगरपालिका४ बलियास्थित मिना कुमारी बिकको घरमा डेरा गरी बस्ने मदन कुमार चौधरीको नाममा रहेको प्र–१–०५–००१ प–००६१ नम्बरको रातो कलरको २०० सिसिको एनएस मोटरसाईकल उनीहरुले चोरी गरेको प्रहरीले जनाएको छ ।

चोरी भएको मोटसाइकल खोज्ने क्रममा प्रहरीले इटहरी महानगरपालिका १३ का २८ वर्षीय राजेश मेहताको घरबाट शुक्रबार राति सो मोटरसाईकल बरामद गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ