arrow

सुन्दरहरैचामा तरुण दलको घरघरमा राहत अभियान प्रभावकारी बन्दै

logo
विवेक मिश्र,
प्रकाशित २०७८ जेठ २३ आइतबार
covide-relief-fund.jpg

मोरङ । निम्न आय भएका दैनिक ज्यालादारी गरेर गुजारा चलाउने साथै कोरोना सङ्क्रमितको परिवारलाई कोरोना सङ्क्रमणका कारण भएको लकडाउनले समस्यामा परेपछि कोही पनि भोकै बस्नु नपरोस्  भनेर नेपाल तरुण दल सुन्दरहरैचा मोरङले त्यहाँका हजार परिवारलाई राहत वितरण अभियान सञ्चालन गर्दै आएको छ ।

 राहत वितरण अभियानको शनिवार १७ औ दिन सम्म आइपुग्दा ५ सय परिवारलाई राहत वितरण गरिसकेको र चाँडै नै एक हजार परिवारलाई राहत वितरण गरिने नेपाल तरुण दल सुन्दरहरैचाका अध्यक्ष प्रकाश श्रेष्ठले बताए । 

तरुण दलसँगै, नेविसंघ, वि.पी. अध्याय प्रतिष्ठान, प्रजातान्त्रिक इन्जिनियरिङ सङ्घले उक्त अभियानमा सहभागिता जनाइरहेका छन् । दाल, चामल, नुन, तेल र मास्क अनि सेनिटाईजर सहित घरघरमा पुगेर सहयोग गरिरहेको अध्यक्ष श्रेष्ठ बताउँछन् । 

यस अभियानलाई मोरङ सुनसरी दुबई समाजका अध्यक्ष सूर्य प्रसाद खरेलले २ लाख नगद सहयोग गरेका छन् । त्यसै गरी सुन्दरहरैचा घर भई हाल अस्ट्रेलियामा रहेका राजकुमार र उषा श्रेष्ठको तर्फबाट १ लाख र नेपाली काँग्रेस मोरङ क्षेत्र नम्बर ६ का सभापति देवराज तामाङले ५० हजार सहित अन्य सहयोगीहरूले पनि सहयोग गरेको अध्यक्ष श्रेष्ठले बताए । 

लकडाउनको समयमा यो अभियान स्थानीय स्तरमा निकै प्रभावकारी बन्दै गएको स्थानीयहरु बताउछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ