arrow

‘ओली प्रवृत्तिको घोर विरोध गरौं देशभरी जनजागरण गरौं’ : अध्यक्ष के सी 

logo
दयाराम पण्डित, 
प्रकाशित २०७८ जेठ ३० आइतबार
prajatantrik-bichar-samaj-zoom.jpg

बाजुरा । प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष डा. केदारनरसिंह केसीले संविधानकी संरक्षक राष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेको अवस्थामा सही काम गर्न नसकेको आरोप लगाएका छन् । शनिबार दिउँसो प्रजातान्त्रिक विचार समाज सुदूरपश्चिम प्रदेशले आयोजना गरेको एक जुममार्फत गरिएको समारोहमा डा. केसीले उक्त अभिव्यक्ति दिएका हुन् । 

उनले भने, ‘राष्ट्रपति जस्तो गरिमामय संस्था र  देशको सर्वोच्च पदमा पदासिन हुने अनि प्रधानमन्त्री ओलीको लागि सतिजाने जस्ता दुष्परिणम  राष्ट्रपतिबाट भएको छ यसले  संविधान, देश र जनतालाई हित हुँदैन ।’

उनले अगाडि भने, ‘देश विषम परिस्थितिबाट गुज्रिरहेको बेला संविधानकी संरक्षक राष्ट्रपति भण्डारीले नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिइरहनु भएको छ । प्रधानमन्त्री ओलीले एकलब्य र निरंकुश शैलीमा देश चलाएका छन् ।’

डा. केसीले देश, जनता र संविधानको हित भन्दा पनि प्रधानमन्त्री ओलीका हरेक कदमलाई राष्ट्रपतिले सहीछाप गरेर देशलाई बरबादीमा धकेलेको आरोप लगाए । उनले भने, ‘ओली प्रवृत्तिको घोर विरोध गरौं देशभरी जनजागरण गरौं ।’ 

‘शासकहरु देशमा विकृति ल्याउन सक्छन् । त्यसलाई जनमतले उल्टाउनुु पर्छ । त्यो अवस्थामा बुिद्धजीवी पनि भ्रष्ट भएमा देशको उधोेगति हुन्छ नागरिकले सास्ती पाउँछन् । यो अवस्था बुद्धजीवी वर्गले राजनीतिक दलको आस्था भन्दामाथि उठेर राष्ट्रका हितमा आवाज बुलन्द गर्नुपर्छ’ अध्यक्ष केसीले भने । 

एक अर्को प्रसंगमा कोभिड १९ को दोसो लहरबाट ८५ प्रतिशत विरामी आफैं निको भएको  भन्दै डा. केसीले बरु यो निषेधाज्ञाको समयमा नागरिकले धेरै दुःख पाएको बताए । उनले यस अवधिमा सामाजिक दूरी र स्वास्थ्य मापदण्ड कायम राखेर सुरक्षा अपनाउनुु पर्ने बताए । त्यसैगरी सरकारले स्वास्थ्य सामग्री खरिदमा ब्यापक भ्रष्टाचार गरेको उनले आरोप लगाए । 

कार्यक्रमका प्रमुख वक्ता एवं वरिष्ठ अधिवक्ता तथा नेपाल बार एशोसियसनका पूर्व अध्यक्ष शेरबहादुर केसीले प्रतिनिधिसभा ब्युँतने बताए । 

यसै बैठकमार्फत प्रधानमन्त्री ओलीलाई जानकारी गराइ दिन उनले आग्रह गरे । यो भन्दा पहिला पनि प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेका थिए । सर्वोच्च अदालतले गत फागुन ११ गते पुनर्वहाली गर्ने फैसला गरेको थियो । उक्त फैसलामा सम्पूर्ण प्रक्रिया पुर्याएर लेखिएको छ । सोही फैसला अहिलेको सन्दर्भमा नजिर बनिसकेको केसीले बताए । 

उनले भने, ‘लेखेर राख्नुस् आषाढ महिनामा संसद पुनःस्थापना हुन्छ । ओलीको बहिर्गमन निश्चित छ ।’

संसारमा अहिले विश्व महामारी कोभिड १९ संक्रमण बाट कसरी बच्ने  एक किसिमको त्रास छ ।  तर, नेपालमा कोरोना संक्रमण भन्दा बढि त्रास ओलीतन्त्रको रहेको बताए । 

प्रजातान्त्रिक विचार समाज सुदुरपश्चिम प्रदेशको आयोजनामा सञ्चालन भएको उक्त बैठकले असंवैैधानिक कदमको विरोध, राष्ट्रियतामाथि विदेशीले गरेको हस्तक्षेप प्रतिविरोध गर्ने, असंवैधानिक कदमका विरुद्धमा ब्यापक जनमत तयार गर्ने र तत्कालीन प्रदेश अध्यक्ष स्वर्गीय डाक्टर लक्ष्मीराज पण्डितप्रति हार्दिक श्रद्धाञ्जली तथा शोक पारित लगायत चार वटा निर्णय गरेको  समाजका सुदुरपश्चिम प्रदेश सचिव बेदप्रकाश जोशीले जानकारी दिए ।  

समाजका वरिष्ठ सदस्य सुरेन्द्र चन्दको अध्यक्षतामा भएको उक्त जुम बैठकमा अर्थशास्त्री कपिल श्रेष्ठ, प्रजातान्त्रिक समाजका केन्द्रीय सदस्य सिभि मल्ल, दिब्यालक्ष्मी बज्राचार्य, वीरबहादुर कार्की,  गण्डकी प्रदेश अध्यक्ष डाक्टर अक्कलदेव मिश्र, कर्णाली प्रदेश अध्यक्ष ध्रुुबबहादुर मल्ल र  सुदूरपश्चिमका  नौवटै जिल्लाका अध्यक्ष लगायत तीन सय बढी बौद्धिक ब्यक्तित्वको उपस्थिति थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ