- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कोरोना संक्रमणमुक्त भइ घरमा आराम गरिरहेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् ।
खनालका स्वकीय सचिब कृष्ण भट्टराईका अनुसार ज्वरो र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उनलाई सोमबार बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो ।
अहिले उनको स्वास्थ्य स्थिति सामान्य रहेको र थप केही दिन अस्पताल मै बसेर उपचार गर्नुपर्ने संलग्न डाक्टरहरुलाई उदृत गर्दै भट्टराईले बताए ।
खनाललाई केही दिनदेखि ज्वरो आइरहेकाले पुनः अस्पताल भर्ना गरिएको हो । यसअघि उनी बैशाख दोस्रो सातादेखि एक हप्ता अस्पतालमा उपचार गरी घर फर्किएका थिए ।