arrow

प्रदेश १ को बजेट ३२ अर्ब ४६ करोड

logo
विवेक मिश्र,
प्रकाशित २०७८ असार १ मंगलबार
pradesh-1-budget.jpg

मोरङ । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले आर्थिक वर्ष २०७८/७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

चालु आर्थिक वर्षका लागि सरकारले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट प्रदेश ल्याएको थियो । तर आगामी आर्थिक वर्षका लागि आठ अर्ब घटाएर बजेट प्रस्तुत गरेको हो ।

मन्त्री आङ्बुहाङ्ले चालु तर्फ १४ अर्ब १६ करोड १५ लाख र पूजिगत तर्फ १५ अर्ब ५ करोड ३५ लाख बजेट विनियोजन गरेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ