arrow

चारदोबाटोमा दुर्घटना, चालकको मृत्यु, दुई जना घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३ बिहिबार
accident-final_1618120153.jpg

मध्यपुरथिमी । मध्यपुरथिमी नगरपालिका–४ चारदोबाटोमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । 

बुधबार राति करिब ११ः०० बजेतिर काठमाडौँबाट भक्तपुर जाँदै गरेको बा ७७ प ५६०५ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोलुखुम्बु चौलाखर्कका २७ वर्षीय रमेशकुमार बस्नेतको बिहीबार बिहान मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।  

दुर्घटनामा गम्भीर घाइते भएका बस्नेतको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा बिहीबार बिहान साढे २ः०० बजे मृत्यु भएको गिरीले बताए । 

दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका उदयपुर ताप्ले गाउँपालिका–५ घर भई काठमाडौँ काडाँघारी बस्ने २२ वर्षीय लोकेन्द्र मग्राती र सिन्धुली तीनपाटन गाउँपालिका–५ घर भई काठमाडौँ काँडाघारी बस्नेत २५ वर्षीय अमित जैरु घाइते भई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको उनले जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ