arrow

उठीबासको चपेटामा तिनाउ नदी किनारका बस्ती 

logo
नारायण वली,
प्रकाशित २०७८ असार ३ बिहिबार
tinahu-river.jpg

रुपन्देही । केही दिनको वर्षाले देशका विभिन्न भागमा विपद् निम्त्याउन पुग्यो । जसमध्ये, बुटवल स्थित तिनाउ नदीमा आएको बाढीले तिनाउ नदी किनारमा बसेका बस्तीहरूलाई पनि जोखिम निम्त्याउन पुग्यो । पछिल्लो समय चर्चा हुन थालेको छ, नदी बस्तीमा पसेको हो कि, नदीमा बस्ती पसेको ? 

तर्कविर्तकले जवाफ सवालको रूप लिए पनि देशमा बाढीले धनजनको क्षति पुगेको छ । यसै सन्दर्भमा बुटवलको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका वडा नं.११ तिनाउ नदी पारी किनारका घरहरू पहिरोको जोखिममा परेकाहरूको उठीबास लाग्ने भएको छ ।

तिनाउ नदीका किनारमा बसेका बस्तीहरूमा अहिले पहिरो पुगेको छ । सुकुम्वासी अर्थात् प्रति ऐलानी जग्गामा बसेकाहरू नदीको किनारमा घर बनाएर बस्दा पछिल्लो समय हरेक वर्ष वर्षातको समयमा जोखिम मोल्दै आएका छन् । सुकुम्वासी चर्चेर बसेपछि, आगामी दिनमा लालपुर्जा पाइन्छ भन्ने मनसायले नदी किनारमा भए पनि घर बनाएकाहरू बर्सातले निम्त्याउने प्राकृतिक विपत्ति वाट अछुतो हनु नसक्दा अहिले धेरै जना विस्थापित हुनुपर्ने अवस्था आएको छ । 

पहाडी क्षेत्र मूल रहेको तिनाउ नदी खहरे खोला जस्तै वेगमा आउने र वर्षे नि भूक्षय जाने गरेको पाइएको छ । हरेक वर्ष, स्थानीय तहहरूले नदीजन्य पदार्थको निकासीका लागि ठेक्का लगाउने तर, खोला ठेकेदारहरूले मनपरी रूपमा मापदण्ड विपरीत नदीजन्य पदार्थको उत्खनन गर्ने प्रवृत्तिले नदीको गहिरिँदै गएकाले पनि बस्ती जोखिममा पर्दै आएको स्थानीय जानकारहरूको भनाई रहेको छ ।

बुटवलका सिर्जना नगरका स्थानीयहरू रातीको समयमा घर छोडेर बस्नु पर्ने जस्ता नियति भोग्नु पर्‍यो । बुटवल उपमहानगरले नदीको बहाव बारे जानकारी गराउन एक टोली परिचालन र जोखिममा रहेकाहरूको व्यवस्थापन गर्ने उद्देश्यले जनप्रतिनिधि समेत खटेकाले मानवीय क्षति भने हुन पाएन ।

जोखिम वाट विस्थापित भएकाहरूको लागि यहाँका सरकारवाला निकायहरूले खाना र कोभिड वाट बच्नका लागि भन्दै, मास्क लगायत स्वास्थ्य सामाग्रीहरू वितरण गरेका छन् । यता, पहिरो जोखिम प्रभावित स्थानीयहरूले अव वर्षातकले घर लैजाने जोखिम प्रबल रहेको भन्दै, आफूहरू कहाँ गएर बस्ने दुखेसो पोखेका छन् । 

उनीहरू भन्छन्, सुकुम्वासी जग्गा भए पनि, उक्त जग्गा किनेर घर बनाएर बसेको बत्ताउँछन् । यता, बुटवल उपमहानगरको विपद् जोखिम न्यनिकरणको बैठक बसी, नदी कटान वाट बस्ती जोखिममा परेकाहरूको विपद् जोखिम न्यूनीकरणका लागि भन्दै, नदीको धारलाई परिवर्तन गर्ने र दुई धारमा परिवर्तन गरी पहिरो जोखिम वाट बचाउन सकिन्छ कि भन्ने उद्देश्य राखिएको र उक्त कार्यका लागि बुटवल उपमहानगर वाट केही रकम विनियोजन गर्ने निर्णय गरिएको बुटवल ११ का वडाध्यक्ष रामचन्द्र खनालले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ