arrow

सुनकोशी नदीको बेलिब्रिज सञ्चालनमा, प्राविधिक र नेपाली सेनालाई सम्मान [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ६ मंगलबार
army-honoured-81-7-6.jpg

रामेछाप । बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने सुनकोशी नदीमा जडान भएको बेलिब्रिज आजबाट शुभारम्भ भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बेलिब्रिजको शुभारम्भ गरेका हुन् ।

गत असोज दोस्रो साता अविरल वर्षासँगै आएको बाढीले सिन्धुलीको गोलन्जोर गाउँपालिकाको खुर्कोट र रामेछापको मन्थली नगरपालिकाको सेलेघाट जोड्ने खुर्कोट पुल बगाएको थियो।

पुल बगाएपछि नेपाली सेनाले बेलिब्रिज बनाएको हो । नेपाली सेनाले तीन सातामै सुनकोशी नदीमा एमपीबी (मोडुलर प्यानल ब्रिज) राखेर सिन्धुली र रामेछाप जिल्लालाई जोडेको थियो । निर्माण सम्पन्न भए पनि पुलको मुखमा ढलान गरिएकाले यातायात सञ्चालन भने भएको थिएन ।

बाढीले मन्थली, रामेछापतर्फको एउटा भाग बगाएपछि सडक सम्पर्क पूर्णरुपमा टुटेको थियो ।

प्राविधिक र नेपाली सेनालाई सम्मान
उक्त बेलिब्रिज निर्माण कार्यमा खटिएका प्राविधिक एवम् नेपाली सेनाका जवानहरुलाई सम्मान गरिएको छ ।

मन्त्री दाहालले बेलिब्रिज निर्माण कार्यमा संग्लन नेपाली सेनाका जवानहरुलाई सम्मान गरेका हुन् ।

गत असोज १२ को बाढीले बगाएको सो बेलिब्रिज पुल नेपाली सेनाले तीन साता भन्दा पनि कम समयमा निर्माण सम्पन्न गरेको थियो । 

सो पुल आजदेखि पूर्णरुपमा संचालनमा आएको छ ।

sunkoshi-belibridge-81-7-6 (4).jpg
sunkoshi-belibridge-81-7-6 (5).jpg
sunkoshi-belibridge-81-7-6 (6).jpg
sunkoshi-belibridge-81-7-6 (7).jpg
sunkoshi-belibridge-81-7-6 (8).jpg
sunkoshi-belibridge-81-7-6 (9).jpg
sunkoshi-belibridge-81-7-6 (1).jpg
sunkoshi-belibridge-81-7-6 (2).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ