arrow

घरायसी विवादमा बन्चरोले हानेर श्रीमतीको हत्या 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ४ शुक्रबार
axe-attack.jpg
तस्वीर– सांकेतिक ।

देउखुरी । घोराहीमा बञ्चरो प्रहार गरी श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६ वर्षीया स्यानाकुमारी चौधरीको हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए । 

सामान्य घरायसी विवादका कारण बुधबार बेलुका पौने ६ बजेतिर मुकुन्दलालले टाउकामा बञ्चरो प्रहार गरी घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा स्यानाकुमारीको बिहीबार उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता रिजालले जानकारी दिए । 

आरोपी मुकुन्दलाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ