arrow

स्वास्थ्य सामग्री पुर्‍याउन गएकी अस्मिताको विभत्स हत्या, जंगलमा भेटियो शव 

logo
राम धामी 
प्रकाशित २०७८ असार ५ शनिबार
Asmita.jpg

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका-८ जमिरानीस्थित आधारभुत स्वास्थ्य केन्द्रमा कार्यरत कार्यालय सहयोगी अस्मिता धामीको विभत्स अवस्थामा शव फेला परेको छ ।

आधारभुत स्वास्थ्य केन्द्र जमिरानीबाट बुधबार स्वास्थ्य सामग्री बोकेर फिर्ता गराउन परशुराम नगरपालिको केन्द्र जोगबुडा आएकी २६ बर्षीया धामीको शनिबार परशुराम नगरपालिका-९ स्थित हट्वानी सामुदायिक वनमा शव भेटिएको हो ।

कोरोना महामारी बिरुद्धको खोप लगायतका स्वास्थ्य सामग्री बोकेर जोगबुडा आएकी उनी सम्पर्कमा नआएपछि परिवारजनले खोजीका लागि प्रहरीलाई निवेदन दिएका थिए ।

घरपरिवार तथा स्थानीयले खोजी गर्दा शनिबार अस्मिताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए । 

प्रहरी घटनास्थलमा पुगिसकेको छ । स्थानीयले उनको हत्या गरिएको आशंका गरेका छन् । तर, प्रहरीले भने पोष्टमार्टमपछि मात्रै हत्या वा अन्य कारणले मृत्यु भएको हो भन्ने खुल्ने जनाएको छ ।

इलाका प्रहरी कार्यालय जोगबुडाले घटनास्थलबाट शव जोगबुडा अस्पताल लगिएको र पोष्टमार्टम भइरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक हर्ष चन्दको नेतृत्वको प्रहरी टोली पनि पठाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख डीएसपी महेन्द्र नेपालले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ