- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बाजुरा । अबिरल वर्षका कारण हिमाली गाउँपालिकाका ४० घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन् । गाउँको तलवाट निरन्तर पहिरो लाग्न थालेपछि अधिकांश वस्ति नै जोखिममा परेको हो ।
लगातार आएको मनसुनले हिमाली गाउँपालिका-४ फैतीका २५ घरपरिवार र हिमाली गाउँपालिका वडा नं ६ बोल्ढीकका १५ घरपरिवार विस्थापित भएको हिमाली गाउँपालिकाका प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले जनाकारी दिए ।
हिमाली गाउँपालिका-४ फैतिका पहिरोले विस्थापित भएका चार परिवारलाई सोही गाउँपालिकाकोे शैलेश्वरी माध्यामिक विद्यालयमा राखिएको छ । राहातका लागि पनि गाउँपालिकाकाले व्यवस्था गरिरहेको गाउँपालिकाले जनाएको छ ।
त्यसैगरी गत सनिवार देखिको निरन्तर वर्षाका कारण बुढीनन्दा नगरपालिका वडा नं एकको पिपलडाली गाँउ पहिरोको उच्च जोखिममा परेको छ । लामो समयको वर्षाले गाउँमाथि अबस्थित गुनिखार भन्ने भिरबाट पहिरो झर्न थाले पछि सिङ्गो वस्ती नै उच्च जोखिममा परेको हो । गाउँ भन्दा माथि करिब २ हजार मिटर उचाइमा रहेको गुनिखार भिरबाट पहिरो खस्न थाले पछि सो ठाउँ पहिरोको उच्च जोखिमा रहेको स्थानीयले बताएका छन् ।
हप्ता दिन यता निरन्तर आएको झरी वर्षाका कारण गाउँ माथिको चट्टान फुटेर पहिरो झर्न थाले पछि स्थानीय त्रसित भएका छन । सोमवार राती मात्र दुई पटक पहिरो खसेको वा अध्यक्ष निर्पबहादुर खत्रीले जानकारी दिएका छन् । दुई दिन लगातार मध्येराति पहिरो खस्यो उता ओतलाग्न जस्तो पनि छैन अध्यक्ष खत्रीले भने । तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुको विकल्प छैन अध्यक्ष खत्रीले भने ।
२०६९ जेठ १८ गतेको बाढी पहिरोले पीपलडालीमा पाँच जनाले ज्यान गुमाउनु पर्यो त्यो समय अझै ताजै छ, अहिले फेरि त्यहि भिरबाट पहिरो खस्न थालेकाले थप चिन्ता थपिएको कार्कीले बताए । पिपलडाली टोलमा हाल करिब १ सय ५० बढी परिवार बसोबास गर्दै आएका छन । रातीको समयमा पहिरो खस्न थाले पछि स्थानिय निदाउन छोडेर स्थानीय त्रसित भएका हुन ।
जिल्ला प्रशासन कार्यलय बाजुराका अनुसार नौं वटै स्थानीय तहका १ सय १६ बढि गाँउ बाढि पहिरोको जोखिममा रहेका छन् । जिल्ला विपत् व्यवस्थापन समिती, बाजुराले तय गरेको जिल्ला बिपत्त पुर्वतयारी तथा प्रतिकार्य योजना २०७७ मा एक सय १६ गाँउ जोखिम रहेको उल्लेख छ । निरन्तर बर्षाले अहिले ति गाउँ पहिरोको उच्च जोखिममा रहेका छन् ।