arrow

रुस युरोकपबाट बाहिरियो, डेनमार्कको रोमाञ्चक यात्रा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ८ मंगलबार
euro-2020-russia-denmark.jpg

काठमाडौं । रुस १६ औं संस्करणको युरोकप फुटबलको पहिलो चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा डेनमार्कसँग पराजित हुँदै रुस समूहको पुछारमा रहेर बाहिरिएको हो । 

शुरुआतका दुवै खेल हारेको डेनमार्क भने अन्तिम खेलमा रुसलाई हराएर ३ अंकबाटै राउन्ड अफ सिक्सटिनमा पुग्ने भाग्यमानी टिम बनेको छ । 

सोमबार राति भएको खेलमा रुसलाई ४–१ गोल अन्तरले पराजित गर्दै डेनमार्क समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । घरेलु मैदान पार्केन स्टेडियममा डेनमार्कलाई जित दिलाउन मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले एक एक गोल गरे ।

कमजोर खेलेको रुसका आर्टम ज्यूबाले एक गोल फर्काए । यसअघि रुसले फिनल्याण्डलाई १–० गोल अन्तरले हराएको थियो ।

यस जितसँगै समूह बी को नतिजा रोमाञ्चक बन्यो । बेल्जियम सबै ३ खेल जितेर शीर्ष स्थानमा रहेर राउन्ड अफ सिक्सटिनमा पुग्यो । 

तर बाँकी रहेका डेनमार्क, फिनल्याण्ड र रुसको समान ३–३ अंक भएकामा गोल अन्तरका आधारमा डेनमार्क भाग्यमानी बन्दै अर्को चरणमा पुग्यो । 

डेनमार्कको गोल अन्तर प्लस १ रहेकामा फिनल्याण्डको माइनस २ र रुसको माइनस ५ रहेको छ । यो अवस्थामा यो समूहबाट तेस्रो स्थानमा रहेको टिमको उत्कृष्ट चारभित्र परेर राउन्ड अफ सिक्सटिनमा पुग्ने सम्भावना सकिएको छ । 

यो समीकरणले भने समूह ए को स्वीट्जरल्याण्ड बाँकी समूहका खेल खेल्नुअघि नै राउन्ड अफ सिक्सटिनमा पुग्न सफल भएको छ । स्वीट्जरल्याण्डको ४ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ