arrow

सेभ द चिल्ड्रेन र पाँचताराद्वारा ११ लाख रुपैंयाँको स्वास्थ्य सामग्री सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ८ मंगलबार
healthfinal.jpg

खलंगा । स्वास्थ्य सेवा कार्यालय जाजरकोटलाई सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षण मञ्चले स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना भयावह बन्दै गएको छ ।

विभिन्न स्वास्थ्य स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य उपकरण, स्वास्थ्य सामग्री, अभाव हुँदै गएको छ । यसलाई मध्यनजर गरी मंगलबार अस्पताललाई ११ लाख भन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरेको कार्यकारी निर्देशक छवि पन्तले जानकारी दिए ।

उनका अनुसार अस्पताललाई ९ वटा अक्सिजन सिलिन्डर, ५ वटा अक्सिजन कन्सन्ट्रेटर पीपीइ सेट १०० थान, साथमा मास्क, सेनिटाइजर लगायत ११ लाख ९ हजारको स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

महामारी कोरोनाको आतंकले जताततै त्रसित बनाएको छ । यस्तो बेला अस्पताललाई स्वास्थ्य सामग्री सहयोग आउँदा महामारी रोक्नमा ठुलो सघाउ पुग्ने स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त कार्यालय प्रमुख टिकाराम जैसीले बताए । साथमा संस्थालाई जैसीले धन्यवाद समेत व्यक्त गरेका थिए ।

सेभ र पाँचताराले अस्पताललाई यो तेस्रो पटक सहयोग गरेको निर्देशक पन्त जानकारी दिए । महामारी लगायत अन्य आपत विपद्मा सबैले हातेमालो गर्न जरुरी भएको पन्तको दाबी छ ।

सेभ द चिल्ड्रेन अन्तर्गत नेपाली युवाका लागि स्वस्थ रुपान्तरण परियोजना मार्फत खरिद गरिएको हो । सेभ द चिल्ड्रेन बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तराष्ट्रिय संस्था हो ।

जाजरकोटको पाँचतारा युवा संरक्षण मञ्च विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्थाका रुपमा परिचित छ । यस भन्दा अघि संस्थाले थुप्रै स्वास्थ्य सामग्रीहरु गाउँ गाउँमा पुगेर वितरण गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ