arrow
ADVERTISEMENT

वीरगञ्ज महानगरको बजेट तीन अर्ब ५५ करोड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १० बिहिबार
birgunj-new-bid.jpeg

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८-०७९ को लागि रु तीन अर्ब ५५ करोड ३५ लाखको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख शान्ति कार्कीले चालु तर्फ रु एक अर्ब ८६ करोड ३५ लाख, पूँजीगत तर्फ एक अर्ब ६२ करोड ३३ लाख र वित्तीय व्यवस्थापन तर्फ रु छ करोड ६० लाख विनियोजन गरेको जानकारी दिइन् । 

 प्रदेश नं. २ को  एक मात्र महानगरपालिकका विनियोजित बजेट मध्ये समाजिक विकासका क्षेत्रमा रु एक अर्ब १५ करोड ५८ लाख,  पूर्वधार विकास क्षेत्रमा रु एक अर्ब ३५ करोड ६६ लाख र कार्यालय तर्फ रु ८० करोड ७३ लाख रहेको छ ।  
     
महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले अगामी आर्थिक वर्षमा गर्भवती तथा बालबालिकाका लागि पोषण, वर्थिङ सेन्टरको भवन निर्माण, पूर्वाधारको विकास, सामुदायिक विद्यालयको स्तरोन्नती ,स्वास्थ्य सुबिधाको विकास, ज्येष्ठ नागरिक सम्मान , कृषि  तथा कृषको विकासमा केन्द्रीत रही काम गर्ने नीति तथा कार्यक्रम ल्याएको बताइन् 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ