राष्ट्रिय सभा बैठकका लागि आवश्यक तयारी गर्न निर्देशन
हाम्रा कुरा
प्रकाशित २०७८ असार ११ शुक्रबार
836
Shares
काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १७ गतेबाट हुने राष्ट्रिय सभा बैठकका लागि आवश्यक तयारी गर्न निर्देशन दिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यही असार १७ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेपछि शुक्रबार बानेश्वरस्थित संसद भवन पुगेर आवश्यक तयारीका लागि संसद सचिवालयलाई निर्देशन दिएका हुन् ।
यसअघि शुक्रबार नै अध्यक्ष तिमिल्सिनाले विपक्षी दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका दलका नेता तथा सचेतहरूसँग संसद बैठक बारे परामर्श गरेका थिए ।