arrow

कास्कीमा एसपी श्रेष्ठसहित २४७ जना प्रहरी कोरोना सङ्क्रमणबाट पीडित

logo
हरि पन्त,
प्रकाशित २०७८ असार १३ आइतबार
police-man.jpg.jpeg
फाइल तस्बिर

पोखरा। कोरोना सङ्क्रमणबाट कास्कीमा प्रहरी उपरीक्षकसहित २४७ जना प्रहरी पीडित भएका छन्। उनीहरू सबै जिल्ला प्रहरी कार्यालय कास्की मातहतका मात्र हुन्। सङ्क्रमित प्रहरी मध्ये पहिलो चरणको कोरोना सङ्क्रमणमा २३७ जना र दोस्रो चरणको सङ्क्रमणमा १० जना सङ्क्रमित भएको कास्कीबाट हालै सरुवा भएका प्रहरी उपरीक्षक (एसपी) जीवनकुमार श्रेष्ठले जानकारी दिए। हाल तीन जना प्रहरी सक्रिय सङ्क्रमित भएको उनले बताए।

एसपी श्रेष्ठले कास्कीमा कोरोना सङ्क्रमण न्यूनीकरणका लागि प्रहरीले पनि महत्त्वपूर्ण भूमिका खेलेको बताए। सङ्क्रमण न्यूनीकरणका लागि कास्कीमा ९५२ जना प्रहरी परिचालन गरिएको थियो।

एसपी श्रेष्ठको कार्यकाल अवधिमा ३९ हजार ९१३ जना मानिस, ५९ सय ३६ दुई पाङ्ग्रे चालक र १८ सय ४३ वटा चार पाङ्ग्रे सवारी चालकलाई सम्झाइ बुझाइ गरिएको छ।

यसै गरी पछिल्लो क्रममा १०१ जना मानिसलाई कारबाही गरिएको र उनीहरूबाट पाँच लाख ५९ हजार २५० रुपैयाँ जरिवाना स्वरूप सङ्कलन गरिएको एसपी श्रेष्ठले बताए। यस अवधिमा दुई वटा सवारी साधनलाई कारबाही गरेर १५ हजार रुपैयाँ जरिवाना लिइएको उनले जानकारी दिए।

उनले कास्कीबाट बिदाइ हुँदै गर्दा पत्रकार भेटघाट कार्यक्रम गरेर एक वर्षको काम कारबाही सार्वजनिक गरेका हुन्। २०७७ असार ८ गते कास्की प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका एसपी श्रेष्ठको २०७८ असार ८ गते सरुवा भएको थियो।

प्रहरी प्रधान कार्यालयले उनलाई लागू औषध अनुसन्धान ब्युरो काठमाडौँमा सरुवा गरेको छ।

नेपाल प्रहरीको पाँच वटा विभागमध्ये लागू औषध ब्युरोलाई निकै महत्त्वपूर्ण मानिन्छ। यो ब्युरोले लागू औषधि सम्बन्धी सम्पूर्ण अनुसन्धान गर्ने गर्दछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ