arrow

माधव समूहलाई देउवालाई दिएको हस्ताक्षर फिर्ता लिन सोमबारसम्म म्याद

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १८ शुक्रबार
kp-madhav-jN.jpg

काठमाडौँ । नेकपा एमालेले माधव नेपाल समूहलाई काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि बुझाएको हस्ताक्षर फिर्ता गर्न सोमबारसम्मको म्याद दिएको छ ।  एमालेको शुक्रवार बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन दिएको हस्ताक्षर फिर्ता गर्न नेपाल समूहलाई सोमबारसम्म समय तोकेको हो ।

बैठकमा महासचिव ईश्वर पोखरेलले प्रस्ताव पेस गर्दै देउवाका पक्षमा हस्ताक्षर बुझाउने निवर्तमान सांसदहरूलाई हस्ताक्षर फिर्ता गर्न सोमबारसम्मको समय दिइएको बताए ।माधव नेपाल र झलनाथ खनालसहितका २३ सांसदले प्रतिनिधि सभा विघटन हुनुअघि देउवालाई प्रधानमन्त्री बनाउन भन्दै हस्ताक्षर बुझाएका थिए । ती मध्ये १५ जना प्रत्यक्ष निर्वाचित र ८ जना समानुपातिक सांसद  छन् । 

हाल नेपाल समूह देउवाले नेतृत्व गरेको विपक्षी गठबन्धनमा नै आबद्ध हुँदै विभिन्न कार्यक्रमहरूमा सहभागी हुँदै आइरहेको छ ।  बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीको नेता भन्नेहरूले अरू दलको नेतालाई प्रधानमन्त्री बनाउन लाग्ने र विपक्षीको हित हुने गरी कार्य गर्ने कुरा स्वीकार्य नहुने धारणा राखेका थिए । केन्द्रीय कमिटी बैठकमा नेपाल पक्षका नेताहरू भने सहभागी भएनन् । तर, नेता बामदेव गौतम भने सहभागी भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ