arrow

विशेष नमाज पढेर इद उल फित्र मनाइँदै, शुभकामनासहित !

logo
प्रकाशित २०७३ असार २३ बिहिबार
id-babies.JPG.jpeg
काठमाडौँ । अरबी पात्रोअनुसार दसौँ महिनाको पहिलो दिन आज मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाइँदैछन् । खुसीपूर्वक शरीरको दान गरेर दिनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । 
 
अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन हिजो बेलुकी चन्द्रमा देखिएपछि आज इद उल फित्र मनाउन लागिएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जनाए । 
 
“दशौँ महिनाको पहिलो दिनलाई शौवाल भनिन्छ, पश्चिम एसियाली मुलुकमा मङ्गलबार चन्द्रमा देखियो, नेपालमा हिजो चन्द्रमा देखिएकाले आज इद उल फित्र पर्व मनाउन लागिएको हो, यो पर्वमा जुनसुकै वर्गका मुस्लिमले पनि यो मीठो मसिनो खाई मनाउँछन्”– उनले भने । 
 
यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको बचत, साढे सात तोला सुन वा ५२ तोला चाँदी भए त्यस बराबर चालु बजार भाउअनुसारको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख छ । यसरी दान गरिएको नगद वा जिन्सी दीनदुःखी एवम् गरिबलाई बाँडिन्छ । यसलाई जकात भनिन्छ । 
 
इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् जसलाई सत्कार फितर भनिन्छ । यो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम छ । यो दान पनि दीनदुःखी र गरिबलाई नै दिइन्छ । इद उल फितरको बिहान सूर्योदयअघि पढिने नमाजलाई फजर भनिन्छ । 
 
हातमुख ओजु धोएर फजर नमाज पढिन्छ । स्नान गरेर नयाँ कपडा पहिरिई मस्जिद, इदगाह खुला ठाउँ मा गएर विशेष नमाज पढिन्छ । मुस्लिम धर्मावलम्बीले वर्षमा दुईपटक विशेष नमाज पढ्छन् । बकर इद र इद उल फितरमा । 
 
विशेष नमाज पढेपछि आफूभन्दा ठूलाबडा कहाँ गई आशीर्वाद लिइन्छ भने सानालाई आशीर्वाद दिइन्छ । यो आशीर्वाद लिने क्रम बिहीबारदेखि तीन दिनसम्म चल्छ । पाहुनालाई सेवइ र लछा ९घ्यूमा भुटेर बनाइएको सेवइ० खुवाइन्छ । यस पर्वका उपलक्ष्यमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । 
 
इदको शुभकामना
 
राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली इस्लाम धर्मावलम्बी दिदी बहिनी तथा दाजुभाइमा सुखशान्ति र समृिद्धका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छिन् । 
धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा मनाइने इद उल फित्रजस्ता विशेष पर्वले देशभित्र बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषी र समुदायबीच आपसी मेलमिलाप, सद्भाव र भाइचाराको प्रवद्र्धन गर्दै आफ्ना ऐतिहासिक एवम् मौलिक संस्कृति र परम्पराको संरक्षण तथा सम्वद्र्धन गर्न महत्वपूर्ण योगदान पु¥याएको राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा उल्लेख गरेकी छिन् । 
 
रमादानका अवसरमा लामो उपवास बसेर आत्मा शुद्धीकरण गर्ने र आफन्तबीच खुसी साटासाट गरी मनाइने यस पर्वले हाम्रो आत्मा शुद्ध भई आपसी सद्भाव र सहिष्णुता अभिवृद्धि गर्न अझ बढी सहयोग पु¥याउने हुँदा यो पर्वले हामी सबैमा भाइचारा, मेलमिलाप, एकता र शान्तिको प्रेरणा प्रदान गर्न सकोस् भन्ने राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । 
 
त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले इस्लाम धर्माबलम्वीहरूको महान् पर्व इद ९इद उल फित्र०को अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण इस्लाम धर्माबलम्बीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । 
 
इदका अवसरमा शुभकामना सन्देश दिँदै उनले यस पर्वको माध्यमबाट नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अझ बलियो बनाउन नेपालका सम्पूर्ण जातजाति, भाषाभाषी र धर्म संस्कृतिका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गरे ।
 
 त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीको महान् पर्व इदुल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका मुस्लिम समुदायका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । 
 
प्रधानमन्त्रीले शुभकामना सन्देशमा यस पर्वले हामी सम्पूर्ण नेपालीमा शान्ति, समृद्धि, भ्रातृत्व, सद्भाव, सहिष्णुता र एकताका लागि प्रेरणा प्रदान गरोस् भनी शुभेच्छा व्यक्त गरेका छन् । विभिन्न धर्म, संस्कृति, वेषभूषा, रहनसहन र पहिचानको विविधताले हाम्रो मुलुक सुसज्जित रहेको र यहाँका हरेक जातजातिका आ–आफ्नै मौलिक संस्कृति र पहिचान रहेको प्रधानमन्त्री कार्यालयद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ