arrow

दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भएको स्थान पत्ता लाग्यो

logo
एएफपी,
प्रकाशित २०७७ पुष २६ आइतबार
Sriwijaya-Air-.jpg

जकार्ता । इन्डोनेसियाली उड्ययन अधिकारीहरूले दुर्घटनाग्रस्त इन्डोनेसियाली विमानका दुबै ‘ब्ल्याक बक्स’को स्थान पत्ता लगाएको बताएका छन् ।

उनीहरूले ‘ककपिट’ आवाज र उडानको ‘डाटा रेकर्डर’लाई सङ्केत गर्दै भने ‘ब्ल्याक बक्स’का माध्यमबाट विमानमा दुर्घटनापूर्व के भएको हो भनेर बुझ्नको लागि महत्वपूर्ण जानकारी मिल्ने बताएका छन् ।   

“हामीले दुबै ‘ब्ल्याक बक्स’ रहेको स्थान पत्ता लगाउन सफल भएका छौँ,” इन्डोनेसियाको यातायात सुरक्षा निकायका प्रमुख सोरजान्टो तज्जान्टोले भने । “गोताखोरहरूले छिट्टै ती यन्त्रलाई खोज्न थाल्नेछन् र छिट्टै ब्ल्याक बक्सलाई पानीबाट बाहिर निकालिनेछ ।”

यसअघि इन्डोनेसियाको राजधानी जकार्ता नजिकको जलक्षेत्रबाट उद्धारकर्ताले एउटा दुर्घटनाग्रस्त विमानमा सवार व्यक्तिका अवशेष, विमानका टुक्रा र लत्ताकपडा बाहिर निकालेका बताइएको छ ।

जकार्ताबाट शनिबार अपराह्न उडेको एउटा यात्रुबाहक विमान उडेको केही मिनेटभित्रै जकार्ता नजिकको समुद्री क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका सदस्यसहित ६२ जना सवार थिए ।

जकार्ताको सोकार्नो–हाता अन्तरराष्ट्रिय विमानस्थलबाट उडेको श्रीविजया एयरको बोइङ ७३७–५०० विमान उडेको चार मिनेटभित्रै सिधै समुद्रमा खसेको प्रारम्भिक अनुसन्धानपछि बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ