arrow

आमा

logo
राधिका दाहाल,
प्रकाशित २०७७ पुष २६ आइतबार
radhika-dahal1.jpg

तिम्रो स्नेहको कवच भित्र
सुरक्षित थिएँ।
तिमी अनन्त 
तिमी गाईप्राणी
तिमी हृदयको ढुकढुकी !

आमा-
म रूँदा तिमी रोयौं
म दुख्दा तिमी दुखेउ
म हाँस्दा तिमी हाँस्यौं
म रमाउँदा तिमी नाच्यौं ।

म-
दु:खमा पुकारा गर्थे आमा 
भोक लाग्दा कराउँथे आमा 
डरलाग्दा चिच्याउँथेँ आमा 
खुसीमा ऊफ्रन्थेँ आमा !

तिमी -
मेरो गुरू
मेरो ध्यान
मेरो शक्ति 
मेरो गीता हौँ ।

तिरेर सकिन्न-
गर्भको भारा
प्रसवको पीडा
दूघको भारा
मातृत्वको भारा ।
प्रयास त गरेँ ।

जब,
अन्तिम पटक तिम्रो चरण स्पर्स गरेँ
अकल्पनीय पिडा 
अतुलनीय प्रलय !
“आमा “
तिमी ढुकढुकी ले
‘कल्याणहोस’ भन्दै 
चिर निन्द्रामा निदायौ 
म, विलखबन्दमा परेँ !



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ