arrow

पोखरामा अन्तर्राष्ट्रिय म्याराथन हुँदै, हाफ म्याराथन पनि थपियो

logo
हरि पन्त, 
प्रकाशित २०७७ पुष २७ सोमबार
138117489_156088802969829_7.jpg

पोखरा । पोखरामा यस वर्ष पनि सफल अन्तर्राष्ट्रिय म्याराथन हुने भएको छ । भूतपूर्व खेलाडी मञ्चले आयोजना गरेको प्रतियोगिता आगामी फागुन १ गते हुँदैछ । यो प्रतियोगिता १५ औं संस्करण हो । प्रतियोगितामा अन्तर्राष्ट्रियका लागि ४२.१९५ किमि र महिलाका लागि हाफ २१ किमीको दौड हुनेछ ।

२१ किमीको हाफ म्याराथन यस वर्षबाट थप गरिएको हो । प्रतियोगितामा ह्वील चियर महिला–पुरुष दौड, दृष्टिविहीन महिला–पुरुष र १० किमी महिला–पुरुष र पाँच किम् िविद्यार्थी दौडलाई निरन्तरता दिइएको छ ।

महिलालाई थप आकर्षित गराउन हाफ म्याराथन राखिएको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिताका लागि १९ वटा उपसमिति गठन गरेर तयारी थालिएको उनले बताए । प्रतियोगिताका लागि सफल डेरीले मुख्य प्रायोजन गरेको बताइन्छ । प्रतियोगिता सम्पन्न गर्न करिब ५१ लख खर्च लाग्ने अनुमान गरिएको छ ।

पुरस्कार कति ?
यस वर्षको अन्तर्राष्ट्रिय म्याराथन विजेताले चार लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । यसै वर्ष थप गरिएको हाफ म्याराथन विजेताले भने दुई लाख ४० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भएका छन् ।

यसैगरी ह्वीलचियर दौड विजेताले ३० हजार, दृष्टिविहीन दौडको विजेताले ३० हजार र १० किमि दौड विजेताले ६० हजार र पाँच किमि विद्यार्थी दौड विजेताले ४२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने अध्यक्ष गुरुङले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ