डोनाल्ड ट्रम्पको टिमले सार्वजनिक गर्यो ट्विटर जस्तै सामाजिक सञ्जाल ‘गेटर'
हाम्रा कुरा
प्रकाशित २०७८ असार १९ शनिबार
555
Shares
काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार एवं प्रवक्ता जेसन मिलरले नयाँ सामाजिक सञ्जाल प्लेटफर्म 'गेटर' सार्वजनिक गरेका छन् ।
ट्विटर जस्तै नयाँ सामाजिक सञ्जाल गेटर गुगल प्लेस्टोर एप्पलको एप स्टोरमा आफुलाई विश्वभरका मानिसहरुका लागि स्वतन्त्र प्लेटफर्मका भनेर उल्लेख गरेको छ ।
पूर्वराष्ट्रपति ट्रम्पले ट्विटरलाई प्रमुख सामाजिक सञ्जालका रुपमा प्रयोग गर्दै आएका थिए । यद्यपि, उनी ट्विटरबाट प्रतिबन्धित भएका छन् ।
ट्रम्पलाई ध्यानमा राख्दै गेटर सार्वजनिक गरिएको देखिन्छ । यो सामाजिक सञ्जालमा ट्रम्पले भने अकाउन्ट बनाएका छैनन् । यद्यपि, ट्रम्पका लागि रियल डोनाल्ड ट्रम्प प्रयोगकर्ता नाम भने सुरक्षीत राखिसकेको मिलरले बताएका छन् ।