arrow

राष्ट्रिय सभाको आइतबारको बैठकमा दुई वटा मात्र संभावित कार्यसूची 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २० आइतबार
sanghiya-samsad.png

काठमाडौं । राष्ट्रिय सभाको आज आइतबार बस्न लागेको बैठकमा दुई वटा सम्भावित कार्यसूची मात्र तय गरिएको छ । आठौंअधिवेशनको दोस्रो बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

असार १७ गते आठौं अधिवेशनको पहिलो बैठक बसेको थियो । सो बैठकमा सरकारका तर्फबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश लगायत १६ वटा अध्यादेश पेस भएका थिए ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन, २०७६/०७७’ सभासमक्ष पेस गर्ने कार्यसूची छ ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले समितिको दोस्रो वार्षिक प्रतिवेदन, २०७७/०७८ सभासमक्ष पेस गर्नुहुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ