arrow

कश्मिरमा पाकिस्तानी क्रिकेट राजनीति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २२ मंगलबार
afridi-malik-dilshan.jpg

काठमाडौं । भारत र पाकिस्तानबीच खेलकुदमार्फत राजनीति भइरहेको हुन्छ भने त्यो क्रिकेट राजनीतिबाटै हो । त्यसैको फाइदा अहिले पाकिस्तानले उठाउन खोजिरहेको छ । क्रिकेट खेलमार्फत पाकिस्तानले आफ्नो राजनीतिलाई जगाउने प्रयास गरिरहेको हो । 

पाकिस्तानले ६ देखि १६ अगष्टसम्म पाकिस्तानीसहित केही बाहिरी खेलाडी राखेर पाकिस्तानी भूमिमा कश्मीर प्रिमियर लिग टी–२० क्रिकेट गराउन लागेको हो । 

यो प्रतियोगितालाई विश्वभरमै प्रत्यक्ष प्रशारण गराउने पाकिस्तानी योजना छ । ६ टिमले भाग लिँदैछन् । जसमा बाग स्टेलियन, मीरपुर रोयल्स, मुजफ्फराबाद टाइगर्स, ओभरसिज वारियर्स, कोटली लायन्स र रावलाकोट हक्स रहेका छन् । 

उक्त लिगमा खेलाडीहरु पाकिस्तानी खेलाडीहरु शाहिद अफ्रिदी, मोहम्मद अफिज, सोहेल तनवीर, इफ्तिकार अहमद, शर्जिल खान र शोएब मल्लिक, श्रीलंकन खेलाडी तिलकरत्ने दिलशान, इङ्गल्याण्डका खेलाडी म्याट प्रायर र मोन्टी परेसर लगायतका खेलाडीहरु हुनेछन् । 

सबै खेल मुजफ्फराबादस्थित क्रिकेट स्टेडियममा हुनेछन् । 

प्रतियोगिताबारे भारत सरकारको कुनै प्रतिक्रिया आएको छैन । भारतका अनुसार कश्मीरसँगै गिलगित–बलटिस्तान पनि भारतको हिस्सा हो । तर पाकिस्तानले यो क्षेत्रमा अवैध कब्जा गरिरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ