arrow

वौद्धको जुवाखालबाट आठ महिलासहित समातिए २८ जुवाडे (नामावली)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २३ बुधबार
juwade ktm.jpg

काठमाडौं। काठमाडौंको वौद्ध स्थित जुवा खेलिरहेकाे स्थानबाट आठ महिला सहित २८ जना रंगेहात पक्राउ परेका छन् । 

काठमाडौं महानगरपालिका वडा न.६ बौद्ध सिमलटार स्थित वाङचु शेर्पाको साढे तिन तले घरको भुई तलाबाट महानगरीय प्रहरी परिसर टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

महानगरका प्रहरी उपरिक्षक रमेश कुमार वस्नेतका अनुसार प्रहरी परिसर टेकुले पाएको बिशेष सुचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

जुवाडेहरुले जुवा खेलिरहेको ठाउँबाट प्रहरीले १४ लाख ५९ हजार ९ सय नगद नेपाली रुपैयाँ, ११ हजार ४ सय भारतीय रुपैयाँ, एकलाख को १ थान चेक र ६० हजार अर्काे एक थान चेक बरामद गरेको छ ।

                             

बरामद गरिएकाे रकम र समान

यस्तै, ३० थान कौडा, १३ थान खेल्दै गरेको तास बुक र २१ थान नखोलेको तास बुक समेत प्रहरीले बरामद गरेको छ ।

यी हुन पक्राउ पर्ने २८ जना:

१.जि. सि.पा. घर भई हाल का.जि. काठमाण्डौ महानगरपालिका वडा न. ६ बौद्ध सिमालटार बस्ने बर्ष ४० को लाल ब.बि.क .(खेलाउने)

२.जि. धादिङ घर भई हाल का.जि. का.म.न.पा.६ बौद्ध सिमालटार बस्ने बर्ष ३७ को मान ब. तामाङ ।

३.जि. दोलाखा शैलुन घर भई हाल ललितपुर बस्ने बर्ष४१को असोक घिसिङ ।

४.का.जि. का.म.न.पा. ६ बौद्ध बस्ने बर्ष २४ को रन्जित खड्गी ।

५. का.जि. का.म.न.पा. ७ कुमारी गाल बस्ने बर्ष ३३ को अमर ब. गुरुङ । 

६ का.जि. का.म.न.पा.६ रामहिटी बस्ने बर्ष ४७ को पुरुषोतम चालिसे ।

७.जि. रसुवा उत्तरगंगा गा.पा. ५ घर भई हाल का.जि. सामाखुसी बस्ने बर्ष २६ को प्रकाश घले ।

८. का.जि. किर्तीपुर घर भई हाल का.जि. सामाखुसी बस्ने बर्ष ४२ को कृष्ण चरण बि.क. ।

९.का.जि. बुढानिलकण्ठ घर भई बस्ने बर्ष ३५ को दोर्जे शेर्पा ।

१०.का.जि. का.म.न.पा.६ बौद्ध बस्ने बर्ष ४९ को प्रविन लामा । 

११.जि.सि.पा. घर भई हाल का.जि. कपन बस्ने बर्ष ३६ को वाङचु शेर्पा । 

१२. का.जि. का.म.न.पा. ६ बौद्ध बस्ने बर्ष ३४ को रिन्जेन लामा .।

१३ का.जि. बु.न.पा.१० कपन बस्ने बर्ष ३६ को पासाङ शेर्पा ।

१४. का.जि. गो.न.पा. ५ जोरपाटी घर भई बस्ने बर्ष २१ स्रमाट लामा ।

१५. का.जि. का.म.न.पा. ६ बौद्ध बस्ने बर्ष ३८ को चन्द्र लामा ।

१६. जि. मकवानपुर घर भई हाल का.जि. का.म.न.पा. ६ सिमालटार बस्ने बर्ष ३३ को चिन कु गोले ।

१७. का.जि. का.म.न.पा. ६ बौद्ध घर भई बस्ने बर्ष ४२ को राजन लामा । 

१८. जि.सि.पा. मेलम्ची घर भई हाल का.जि. लैनचौर बस्ने बर्ष ४१ को असोक गिरी ।

१९. जि.चितवन घर भई हाल का.म.न.पा. ६ बौद्ध बस्ने बर्ष ३५ की रेखा गुरुङ ।

२०. जि. दोलाखा घर भई हाल का.जि. का.म.न.पा. ६ तिनचुली बस्ने बर्ष ३५ को बिकाश तामाङ ।

२१. जि.चितवान घर भई हाल का.जि. का.म.न.पा. ७ कुमारीगाल बस्ने बर्ष ४७ को जगत ब. गुरुङ ।

२२. जि. काभ्रे पालाङचोक घर भई हाल का.जि. सरस्वती नगर बस्ने बर्ष ३८ की लक्ष्मी घलान बानिया २३. का.जि. शखंरापुर ना.पा. १ नाङलेभारे घर भई हाल का.जि. थली बस्ने बर्ष २५ की गिता लामा । 

२४. जि. चितवान घर भई हाल का.जि. का.म.न.पा.६ टुसाल बस्ने बर्ष ४२ की ओम माया गुरुङ ।

२५. का.जि. का.म.न.पा.९ गौशाला बस्ने बर्ष ५० की शुसिला श्रेष्ठ । 

२६. जि. धादिङ घर भई हाल का. जि. १ बसुन्धारा बस्ने बर्ष ३० की सरिता मल्ल गुरुङ ।

२७. जि. धादिङ घर भई हाल बसुन्धारा बस्ने बर्ष रन्जिता शाक्य । 

२८. जि.चितवान घर भई हाल जि. ललितपुर बस्ने बर्ष ३२ की शान्ती लामा ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ