arrow

'देउवालाई प्रधानमन्त्री तोकेर हाउसमा ३० दिनभित्र विश्वासको मत लेउ भन्छ'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २३ बुधबार
sher-bahadur-deuba-congesss-nc.jpg

काठमाडौँ।  नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले सर्वोच्च अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री तोकेर हाउसबाट ३० दिनभित्र विश्वासको मत लेउ भनेर आदेश दिने दाबी गरेका छन् । धारा ७६ को ५ अनुसार एउटा मात्रै दाबी परेकोले तीमध्येबाट प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिको नाममा परमादेश जारी हुने अर्को दाबी छ । 

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले  भने,‘सर्वोच्चबाट यस पटक दुई वटा फैसला आउँछ, पहिलो शेरबहादुर देउवालाई प्रधानमन्त्री तोकेर हाउसमा ३० दिनभित्र विश्वासको मत लेउ भन्छ, अर्को धारा ७६ को ५ अनुसार १४६ जनाको हस्ताक्षरसहित एउटा मात्रै दाबी परेकोले यहीबाट देउवालाई प्रधानमन्त्री बनाऊ भनेर राष्ट्रपतिलाई परमादेश जारी हुन्छ ।’

उनले धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा केपी शर्मा ओलीले दाबी गर्न नै नमिल्ने टिप्पणी गरे । उनले भने,‘यो संसद् ५ वर्ष चल्नुपर्छ । संसद् विघटन गर्न पाईँदैन्, ७६ को ५ को सरकारले मात्रै संसद् विघटन गर्न पाउँछ ।’ 

संसद्मा विश्वासको मत लिँदा ९३ मात्रै मत पाएकोले प्रधानमन्त्री ओलीलाई उनले फेलियर प्रधानमन्त्रीको संज्ञा दिए । उनले भने,‘केपी ओली ७६ को ३ अनुसार प्रधानमन्त्री बन्नै मिल्दैनथ्यो । यसमा एमालेले पनि गल्ती गरेकै हो ।’ उनले २८ गतेभन्दा अघि नै पनि फैसला आउन सक्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ