arrow

सक्रिय बन्दै नेता केसी : युवा नेताहरूसँग छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २७ आइतबार
arjun-congress-gagan.jpg
फाइल तस्विर।

काठमाडौं। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीको १४औं महाधिवेशन र नेतृत्वबारे युवा नेताहरूसँग छलफल शुरु गरेका छन् । पूर्व सह-महामन्त्रीसमेत रहेका नेता केसीले बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा अहिले युवा नेताहरूसँग महाधिवेशन र नेतृत्वबारे छलफल गरिरहेका हुन्।

छलफलमा युवा नेताहरू चन्द्र भण्डारी, धनराज गुरुङ, रामकृष्ण यादव, गगन थापा, प्रदीप पौडेल, किरण यादव, बद्री पाण्डे, जीवन परियार र सरिता प्रसाइ लगायत सहभागी रहेको नेता केसीका सहयोगी निरन्जन थापाले जानकारी दिए।

यसअघि नेता केसीले शुक्रवार संस्थापन इतर समूहबाट पार्टीको नेतृत्वका लागि सभापति पदमा आकाङ्क्षा राख्दै आइरहेका नेताहरूलाई एक ठाउँ राखेर साझा नेतृत्व बारे छलफल गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ