arrow

यशोदादेवी भगवानसिंह ट्रष्टद्वारा नुवाकोटका स्थानीय तहलाई स्वास्थ्य उपकरण हस्तान्तरण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २८ सोमबार
arjun-josi.jpg

काठमाडौं । यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टले नुवाकोटका केही स्थानीय तहलाई महत्वपूर्ण स्वास्थ्य उपकरण र स्वास्थ्य सामाग्रीहरु हस्तारण गरेको छ ।

‘सामाजिक कामलाई राजनीतिसँग जोड्नु हुँदैन, मानव जगतमा परेको यो महामारीमा सबैलाई सबैले सकेको सहयोग गर्नुपर्छ भन्ने मुल अभियानका साथ स्वास्थ्य उपकरण वितरण गरिएको ट्रस्टका अध्यक्ष डा.केदार नरसिंह केसीले जानकारी दिए ।

डा.केसीका अनुसार म्यागङ गाउँपालिका देउराली प्राथमिक स्वास्थ केन्द्रमा एक थान इसीजी मेसिन ,तादी गाउँपालिका साबिक सुन्दरादेबी र शिवपुरी गाउँपालिका साबिक थानपतिमा एक/एक थान अक्सिजन कन्सन्ट्रेटर त्यस्तै बिदुर नगरपालिका-३ खड्गभन्ज्याङ स्वास्थ चौकीमा ३ थान बेड ,वडा नं १२ चारघरे स्वास्थ्य चौकीमा दुई थान बेड र एक थान अक्सिजन कन्सन्ट्रेटर, माक्स, पीपीइलगायत स्वास्थ सामाग्रीहरु ट्रस्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसीको उपस्थितिमा सोमबार एक समारोहबीच हस्तान्तरण गरियो ।

कोभिड १९ महामारीमा जिल्लावासीलाई अक्सिजनको अभाव हुन नदिन व्यवस्थापनको गर्न आफुलाई अग्रणी मोर्चामा उभिएको संरक्षक केसीले बताए । ट्रस्टले  जिल्लाको एकमात्र पुरानो अस्पताल त्रिशुली अस्पताललाइ दुइ थान आइसीयू बेड उपलब्ध गराइ अस्पताल व्यवस्थापन समिति अध्यक्ष र मेडिकल सुपरिटेन्डेन्टलाई हस्तान्तरण गरेको छ ।

कार्यक्रममा ट्रष्टका महासचिब  जगदिश्वरनरसिंह केसीले पछिल्लो समय जिल्लामा कोभिड १९ नयाँ प्रजाती डेल्टा भेरियन्ट भेटिएको अवस्थामा अझ थप जोखिम वढ्नेतर्फ सचेत रहन र आफु पनि बचेर अरुलाई बचाउन आब्हान समेत गरे ।  
 



नयाँ